5 years ago
October 26, 2019
काठमाडौं (हाम्रोखेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को उपाधि चितवन राइनोजले जितेको छ । विहीबार फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो ।
डब्लूसिएलमा क्याट क्विन्स काठमाडौंले पोखरा पल्टनविरुद्ध बनाएको १ सय ५२ रन प्रतियोगिताको उच्च योगफल रह्यो । चितवनविरुद्ध ललितपुर ४६ रनमा अल आउट हुन पुगेको थियो । जुन प्रतियोगिताको सर्वाधिक कम स्कोर रह्यो । डब्लूसिएल कुल ९ अर्ध शतक बने ।
ब्यक्तिगत उच्च प्रर्दशनमा काठमाडौंकी कप्तान रुविना क्षेत्री वेलवासीको पोखरा पल्टनविरुद्ध ८३ रनको अविजित रह्यो । पोखरा पल्टनकी कविता कुँवर र विन्दु रावलले चौथो विकेटका लागि ललितपुर फाल्कोन्सविरुद्ध गरेको १ सय ६ रनको साझेदारी उच्च रह्यो । प्रतियोगिताभर कुल १७ छक्का प्रहार भए । डब्लूसिएलमा सर्वाधिक रन जोड्ने शीर्ष ५ खेलाडीले नै राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् ।
५. रोमा थापा (काठमाडौं)
काठमाडौंकी रोमा थापा डब्लूसिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा पाँचै स्थानमा रहिन् । उनले ६ खेलमा १ अर्ध शतक सहित ९९ रन जोडिन् । जसमा ११ चौका सामेल छ । चितवन राइनोजविरुद्ध९,पोखरा पल्टनविरुद्ध १९ र विराटनगरविरुद्ध ५३ मा अविजित रहिन् । ललितपुरविरुद्ध १८ रन जोडेकी रोमा क्वालिफायरमा विराटनगर र फाइनलमा चितवनविरुद्ध लगातार गोल्डेन डक आउट हुन पुगिन् ।
४. सीता राना मगर (पोखरा पल्टन)
राष्ट्रिय टिमकी उप कप्तान समेत रहेकी पोखरा पल्टनकी कप्तान सीता राना मगर सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा चौथो स्थानमा रहिन् । उनले ४ खेलमा कुल ९९ रन जोडिन् । जसमा १ अर्ध शतक,१० चौका र १ छक्का सामेल छ । सीताले काठमाडौंविरुद्ध १७,विराटनगरविरुद्ध २ विकेट लिनुका साथै १६ रन,चितवन राइनोजविरुद्ध ६५ रनको अविजित रहिन् । ललितपुर फाल्कोन्सविरुद्ध २ विकेट लिनुको साथै १ रन जोडिन् ।
३. ज्योति पाण्डे (विराटनगर)
विराटनगरकी ओपनर तथा विकेटकीपर ज्योती पाण्डे सर्वाधिक रन बटुल्ने खेलाडीको सुचिमा तेस्रो स्थानमा रहिन् । उनले ५ खेलमा १ सय २४ रन जोडिन् । जसमा २१ चौका र १ छक्का सामेल रह्यो । पहिलो खेलमा ललितपुरविरुद्ध ६५ रन जोडेकी ज्योतिले दोस्रो खेलमा पोखराविरुद्ध २२ रन जोडेकी थिइन् । काठमाडौंविरुद्ध ४ रन जोडेकी उनले चितवनविरुद्ध २१ र क्वालिफायरमा काठमाडौंसँग १२ रनमा आउट भइन् ।
२. काजल श्रेष्ठ (चितवन)
चितवन राइनोजकी ओपनर तथा विकेटकीपर काजल श्रेष्ठ सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा रहिन् । प्रतियोगिताको सर्वोउत्कृष्ट ब्याटर घोषित भएकी उनले ५ खेलमा १ सय ३४ रन जोडिन् । जसमा १३ चौका सामेल छ । काजलले काठमाडौंविरुद्ध ११,ललितपुरविरुद्ध १५,पोखराविरुद्ध ५१,विराटनगरविरुद्ध ३६ र फाइनलमा काठमाडौंविरुद्ध २१ रन जोडिन् ।
१. रुविना क्षेत्री बेलवासी (काठमाडौं)
काठमाडौंलाई फाइनल सम्म पुर्याउन महत्वपूर्ण योगदान दिएकी कप्तान रुविना क्षेत्री बेलवासी डब्लूसिएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी घोषित भएकी उनले ६ खेलमा ४ पटक नट आउट रहँदै कुल २ सय १४ रन बनाइन् । जसमा ३२ चौका र ४ छक्का सामेल छ ।
पहिलो खेलमा चितवनविरुद्ध १ रनमा आउट भएकी रुविनाले दोस्रो खेलमा पोखरा पल्टनविरुद्ध ८३ रनको अविजित उत्कृष्ट इनिङ खेलेकी थिइन् । विराटनगर टाइटन्सविरुद्ध ३५ रनमा अविजित रहेकी उनले ललितपुरविरुद्ध ५९ रनमा अविजित रहिन् । क्वालिफायरमा विराटनगरविरुद्ध ३४ रनमा अविजित रहनुको साथै ४ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ४ विकेट लिएकी थिइन् । फाइनलमा रुविना २ रनमा आउट हुनु काठमाडौंको लागि घातक बन्यो ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]