5 years ago
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनाको घोषणा गरेका पारस खड्काले अर्को महिना संयुक्त अबर इमिरेट्स (युएई) मा आयोजना हुने टि टेन लिग खेल्ने भएका छन् । पारस अबुधाबी टिमबाट खेल्ने टोलीले आफ्नो ट्विटरमार्फत जानकारी दिएको छ ।
टि टेनका लागि गत साता नै ड्राफ्ट सम्पन्न भएको थियो । पारसको नाम भने हालै सार्वजनिक भएको छ । पारसले ड्राफ्ट अघि नै फ्रेन्चाइज टोलीले आफुलाई सम्पर्क गरेर अनुबन्ध गरिसकेको बताए । पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएको जनाए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टि टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटगरीमा परेर छनोट भएका हुने् । एमा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउनेछन् । टि टेन नोभेम्बर १५ देखी २४ सम्म युएईमा चल्ने छ ।
पारसको टोलीको आइकन खेलाडीका रुपमा इग्ल्यान्डका मोइन अली छन् । त्यस्तै सन्दीपको टोलीको आइकन खेलाडीमा दक्षिण अफ्रिकाका पूर्व ओपनर हसिम अमला छन् ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]