default_image

5 years ago

October 24, 2019

रोहितको कप्तानीमा भारतीय टोली घोषणा

149 views

0 Bookmark

एजेन्सी – भारतले बंगलादेशसँग हुने तीन टि ट्वान्टी सिरिजको लागि ओपनर रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । बिहीबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले घोषणा टोलीमा नियमीत कप्तान विराट कोहली टोलीमा छैनन् । कोहलीलाई विश्राम दिएको जनाईएको छ ।

विकेटकिपर सन्जु स्यामसनले ४ वर्षपछि पुनारागमन गरेका छन् । ऋषभ पन्तको विकल्पको रुपमा हेरिएका सन्जुले सन् २०१५ मा जिम्बावेविरुद्ध डेब्यू गरेपनि त्यस यता भारतीय टोलीमा स्थान बनाउन सकेका छैनन् । आईपीएलमा सन्जुको प्रर्दशन उत्कृष्ट रहँदै आएको छ ।

ऋषभ पन्त खराब सट प्रहार गर्दै गैरजिम्मेवार रुपमा आउट हुँदा उनको विकल्पको रुपमा सन्जुको चर्चा चल्ने गर्दछ । त्यस्तै हिटर तथा अलराउन्डर शिवम् दुबेले पहिलो पटक भारतीय टि ट्वान्टी टोलीमा परेका छन् । स्टार अलराउन्डर हार्दिक पान्ड्या पनि टोलीमा छैनन् ।

भारत र बंगलादेशबीच पहिलो टि ट्वान्टी खेल कात्तिक १७ गतेमा दिल्लीमा हुने छ । दोस्रो टि ट्वान्टी खेल कात्तिक २१ गते राजकोटमा हुने छ । तेस्रो तथा अन्तिम टि ट्वान्टी खेल कात्तिक २४ गते  नागपुरमा हुने छ । त्यस्तै कात्तिक २८  गते सुरु हुने दुई टेष्टको लागि भारतले विराट कोहलीको कप्तानीमा टोली घोषणा गरेको छ ।

भारतीय टि ट्वान्टी टोली – रोहित शर्मा (कप्तान),शिखर धवन,केएल राहुल,सन्जु स्यामसन,श्रेयस ऐर,मनिष पाण्डे,ऋषभ पन्त,वाशिन्टन सुन्दर,क्रुनाल पाड्या,युजभेन्द्र चाहल,राहुल चहर,दीपक चहर,खलिल अहमद,शिवम् दुबे,शार्दुल ठाकुर ।

भारतीय टेष्ट टोली – विराट कोहली,रोहित शर्मा,मयंक अग्रवाल,चेतेश्वर पुजारा,अजिंक्या रहाणे,हनुमा विहारी,रिद्धीमान शाह,रविन्द्र जडेजा,रविचन्द्र आश्विन,कुलदीप यादव,मोहम्मद शामी,उमेश यादव,इशान्त शर्मा,शुवमन गिल,ऋषभ पन्त ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.