5 years ago
October 24, 2019
काठमाडौं (हाम्रो खेलुकद) – वीरगञ्ज प्रिमियर लिग (विपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । विरगञ्जको नारायणी क्रिकेट मैदानमा मंसिर १४ देखि २१ सम्म सञ्चालन हुने आयोजक युनाइटेड क्रिकेट क्लबले जनाएको छ ।
यस अघि मंंसिर २८ देखी पुष ५ सम्म हुने भनिएपनि पोखरा प्रिमियर लिगको मिति परिवर्तन भएसँगै आफुहरुले पनि परिवर्तन गर्नु परेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार र दोस्रो हुने टोलीले १ लाख ८० हजार रुपैयाँ प्राप्त गर्नेछ । म्यान अफ द सिरिजले २० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार पाउनेछन् ।
८ दिन चल्ने प्रतियोगितामा प्रदेश २ का खेलाडीमात्र प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार ५ सय प्राप्त गर्ने छन् । ब्याट्सम्यानले छक्का प्रहार गरेको बल एक हातले क्याच लिने दर्शकले प्रत्येक क्याचको २ हजार रुपैयाँ पाउनेछन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]