default_image

5 years ago

October 24, 2019

धुर्मुस–सुन्तलीले बनाउने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निमार्णकार्य सुरु

89 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – हाँस्य कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस–सुन्तलीको फाउन्डेसनले बनाउने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निमार्णकार्य सुरु भएको छ । बुधबार डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) सार्वजनिक गरेको फाउन्डेसनले विहीबार देखीनै निमार्णकार्य सुरु गरेको जनाएको छ ।

सुरुमा मैदानमाको भाग समाउने कार्य हुने छ । कमलको फुलसँगै नेपालीपन झल्कने गरि आधुनिक तवरको बन्ने रंगशालाको प्रवेश द्वारमा गौतम बुद्धको शालिक निर्माण गरिने छ । भित्रि भागमा परम्परागत तथा कलात्मक शैली झल्कने गरि रंगशाला निर्माणका लागि नक्साङ्कन गरिएको छ ।

सरकारले कर छुट गराउन सकेमा रंगशाला तयार गर्न रु २ अर्ब ६० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । फाउन्डेसनले रंगशालाका लागि बोलकबोलको रकम रु ७ करोड मध्ये रु १ करोड र नबोलीकनै सोझै रु २ करोड संकलन भएको जनाएको छ।

हालसम्म रंगशाला क्षेत्रलाई जस्ताले बार्ने , निर्माण गर्दा आवश्यक पर्ने मजदुर बस्ने हल, कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी बस्ने घर बनि सकेका छन् । रंगशाला २५ हजार दर्शकहरु अट्ने क्षमता हुने छ।

चितवनको रामपुरमा रहेको २० बिघा ६ कठ्ठा जमिनमा रंगशाला निर्माण गर्न लागिएको हो । समयमा रकम जुटाउन सकेमा २२ महिना भित्रमा रंगशला तयार हुने फाउण्डेशनले जनाएको छ ।

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

Success

Thank you for your time.