5 years ago
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्याट क्विन्स काठमाडौंकी कप्तान रुविना क्षेत्री बेलवासी वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । योसँगै रुविनाले टिभिएस १ सय २५ सिसिको स्कुटर सहित ५० हजार प्राप्त गरिन् ।
काठमाडौंकी कप्तानी रुविना क्षेत्री बेलवासीले प्रतियोगिता भर ६ खेलमा २ अर्ध शतक सहित कुल २ सय १४ रन बनाउनुको साथै ५ विकेट लिइन् । रुविनाले पोखरा पल्टनविरुद्ध ८३ रनमा अविजित इनिंग खेलेकी थिइन् । विराटनगर टाइटन्सविरुद्ध रुविना ३५ रनमा अविजित रहँदै १ विकेट लिएकी थिइन् ।
फाल्कोन्सविरुद्ध रुविनाले ५९ रनमा अविजित रहेकी थिइन् । क्वालिफायरमा विराटनगर टाइटन्सविरुद्ध ३४ रनमा अविजित रहनुको साथै ४ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ४ विकेट लिएकी थिइन् । फाइनलमा भने रुविना २ रनमा आउट हुन पुगिन् ।
चितवनकी मध्यगतिकी बलर कविता गौतम प्रतियोगिताको सर्वोउत्कृष्ट बलर घोषित भइन् । उनले ५ खेलमा १० विकेट लिएकी थिइन् । कविताले २५ हजार प्राप्त गरिन् । त्यस्तै चितवनकी ओपनर काजल श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भइन् । उनले ४ खेलमा १ सय ३४ रन बनाएकी थिइन् । उनले पनि २५ हजार प्राप्त गरिन् ।
त्यस्तै काठमाडौंकी तीब्र गतिकी बलर इश्वरी विष्ट उदयमान खेलाडी घोषित हुन १५ हजार प्राप्त गरिन् । उनले ६ खेलमा ६ विकेट लिनुको साथै २४ रन जोडिन् ।
बिहीबार फाइनल खेलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधि जितेको । विजेता चितवनले ७ लाख र उप विजेता काठमाडौंले ३ लाख पायो । १ सय १३ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अल आउट हुँदै ६७ रनमा समेटियो ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]