default_image

5 years ago

October 24, 2019

चितवनलाई डब्लूसिएलको उपाधि

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग(डब्लूसिएल) को उपाधि जितेको छ । विहीबार फाइनल खेलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले ७ लाख प्राप्त गर्दा उप विजेता काठमाडौंले ३ लाखमा चित्त बुझाएको छ ।

जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अल आउट हुँदै ६७ रनमा समेटियो । काठमाडौंका कुनैपनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । तेस्रो ओभरको पहिलो बलमा ओपनर शोभा आलेलाई सुमन खतिवडाले ६ रनमा बोल्ड आउट गरिन् । चौथो ओभरको अन्तिम बलमा रेखा रावलले रोमा थापाले विकेटकीपर काजल श्रेष्ठबाट शून्यमा आउट गरिन् । छैटौं ओभरको पाँचौ बलमा कप्तान रुविना क्षेत्री बेलवासी २ रनमा क्याच आउट भएपछि काठमाडौं संकटमा परेको थियो । आठौं ओभरको पाँचौ बलमा नितु भण्डारी २ रनमा रन आउट भएपछि काठमाडौंको जितको संभावना सकिएको थियो ।

१४ ओभरको पहिलो बलमै अप्सरी बेगमलाई रितु कनौजियाले १५ रनमा बोल्ड आउट गरेपछि चितवन उपाधि लगभग पक्का बनेको थियो । इश्वरी बिष्ट १३ रनमा आउट भइन् । चितवनको जितमा सुमन खतिवडाले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन् । त्यस्तै रेखा रावलले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर २ विकेट लिइन् । रितु कनौजियाले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १२ रन जोडेको थियो । कप्तान इन्दु बर्मा १९ बलमा ४ चौका २२ र प्यारी चाधरी ३ रनमा अविजित रहे । इन्दुले सरस्वती कुमारी चौधरीलाई अन्तिम ओभरको चौथो,पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गर्दै बलियो योगफल सम्म पुर्याएकी थिन् । चितवनले नवौं ओभरको पाँचौ बलमा पहिलो विकेटका रुपमा ओपनर काजल श्रेष्ठलाई २१ रनमा गुमाएको थियो ।

सरस्वती कुमारीले नितु भण्डारीबाट उत्कृष्ट क्याच गराउँदै कञ्चन श्रेष्ठ र काजलबीच पहिलो विकेटको ४९ रनको साझेदारी तोडिन् । लगत्तै १० ओभरको पहिलो बलमा लक्ष्मी साउदले अर्की ओपनर कञ्चन श्रेष्ठलाई १९ क्याच आउट गरेकी थिइन् । सुमन खतिवडाले २५ बलमा ५ चौका सहित २९ रन जोडिन्। सुमनलाई १५ ओभरको अन्तिम बलमा संगिता राईले बोल्ड आउट गरिनन् । रितु कनौजिया ६ रनमा रन आउट भइन् । काठमाडौंकी संतिगा राई,लक्ष्मी साउद र सरस्वती कुमारी चौधरीले १-१ विकेट लिएका थिए ।

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

Success

Thank you for your time.