default_image

5 years ago

October 24, 2019

उपाधि जित्न काठमाडौंलाई मध्यम लक्ष्य

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई १ सय १३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १२ रन बनायो । कप्तान इन्दु बर्मा १९ बलमा ४ चौका २२ र प्यारी चाधरी ३ रनमा अविजित रहे । इन्दुले सरस्वती कुमारी चौधरीलाई अन्तिम ओभरको चौथो,पाँचौ र छैटौं बलमा लगातार चौका प्रहर गरेकी थिइन् । राम्रो सुरुवात गरेको चितवनले नवौं ओभरको पाँचौ बलमा पहिलो विकेटका रुपमा ओपनर काजल श्रेष्ठलाई २१ रनमा गुमाएको थियो ।

सरस्वती कुमारीले नितु भण्डारीबाट उत्कृष्ट क्याच गराउँदै कञ्चन श्रेष्ठ र काजलबीच पहिलो विकेटको ४९ रनको साझेदारी तोडेकी थिइन् । लगत्तै १० ओभरको पहिलो बलमा लक्ष्मी साउदले अर्की ओपनर कञ्चन श्रेष्ठलाई १९ क्याच आउट गराउँदै काठमाडौंलाई खेलमा फर्काएकी थिइन् ।

मध्यक्रममा सुमन खतिवडाले २५ बलमा ५ चौका सहित २९ रन जोड्दै राम्रो योगफलतर्फ चितवन अघि बढाइन् । सुमनलाई १५ ओभरको अन्तिम बलमा संगिता राईले बोल्ड आउट गरिनन् । रितु कनौजिया ६ रनमा रन आउट भइन् । काठमाडौंकी संतिगा राई,लक्ष्मी साउद र सरस्वती कुमारी चौधरीले समान १ विकेट लिए ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.