default_image

5 years ago

October 23, 2019

नवनियुक्त अध्यक्ष गांगुलीको निर्णयले धोनीलाई सहज

81 views

0 Bookmark

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सौरभ गांगुलीले भारत क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष पदको कार्यभार सम्हालेका छन् ।

अध्यक्ष पदमा सर्वसम्मत चुनिएका गांगुलीले बुधबार देखी बीसीसीआईको कार्यभार औपचारिक रुपमा सम्हालेका हुन् । गांगुली बीसीसीआईका ३९ औं अध्यक्ष हुन् । गांगुलीले भारतीय क्रिकेटमा सर्वाधिक सफल कप्तान मध्यका एक विकेटकीपर महेन्द्र सिंह धोनीको बारे बोलेका छन् । यसले धोनीलाई राष्ट्रिय टोलीमा फर्कन केहि सहज हुने संकेत देखिएको छ ।

‘धोनीले आफ्नो फैसला आफैं गर्नेछन् । म पनि टिममा बाहिर रहेको बेला पुन फर्किएको थिएँ, च्याम्पियनले यति छिटो छोड्दैनन् । उनको दिमागमा के चलिरहेको छ मलाई थाहा छैन’,गांगुलीले भने, ‘धोनी महान खेलाडी मध्यका एक हुन् । जबसम्म म हुने छु, सबको सम्मान गर्ने छु । यसमा कुनै परिवर्तन आउने छैन । सन्न्यासको बारे धोनीलाई आफैं सोच्न दिनुपर्छ ।’

गांगुली बंगाल क्रिकेट संघको अध्यक्ष समेत हुन् । गत वर्षको इन्डियन प्रिमियर लिग(आईपीएल) मा नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्समा सहाक प्रशिक्षको रुपमा समेत काम गरेका थिए । गांगुलीले वान डे मा सन् १९९२ मा वेस्ट इन्डिजविरुद्ध डेब्यू गरेका थिए । त्यस्तै टेष्टमा इंग्ल्यान्डविरुद्ध सन् १९९६ मा डेब्यू गरेका थिए । गांगुलीले १ सय १३ टेष्ट खेलमा १६ शतक सहित कुल ७ हजार २ सय १२ रन बनाएका छन् ।

त्यस्तै उनले ३ सय ११ ओडीआईमा २२ शतक सहित ११ हजार ३ सय ६३ रन बनाएका छन् । सन् १९९९ देखी २००५ सम्म ओडीआईको कप्तान बन्दा भारत १ सय ४६ खेलमा ७६ मा जित र ६५ मा पराजित भएको थियो । त्यस्तै २००० देखी २००५ सम्म टेष्टको कप्तान बनेका उनले ४९ टेष्टमा २१ मा जित र १३ मा पराजितको सामाना गर्नु परेको थियो ।

धोनी एकदिवसिय विश्वकप यता भारतीय टिममा छैनन् । धोनी भारतलाई विश्वकप दिलाउँदै सन्न्यास लिने सोचमा छन् । किकेट जानकारका अनुसार धोनीले आगमी वर्ष अष्ट्रेलिया हुने टि२० विश्वकप सम्म खेल्ने इच्छा राखेको बुझिएको छ ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.