5 years ago
October 23, 2019
चितवन (हाम्रो खेलकुद) – हाँस्य कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस–सुन्तलीको फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) सार्वजनिक भएको छ ।
बुधबार फाउन्डेसनले भरतपुर महानगरपालिकामा एक कार्यक्रम गर्दै डीपीआर सार्वजानिक गरेको हो । रंगशाला स्वरुप कमलको फुलसँगै नेपालीपन झल्कने गरि आधुनिक तवरको हुने छ । रंगशालाको प्रवेश द्वारमा गौतम बुद्धको शालिक निर्माण गरिनेछ । भित्रि भागमा परम्परागत तथा कलात्मक शैली झल्कने गरि रंगशाला निर्माणका लागि नक्साङ्कन गरिएको छ ।
डीपीआर तयार भइसकेकोले अब कामले गति लिने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका छन् । ‘अहिले समान्य काम भइरहेको छ,डीपीआर नै आइसकेपछि सबै कामहरु व्यवस्थित र दु्रत गतिमा हुने छन्’ ,धुर्मुसले भने । सरकारले कर छुट गराउन सकेमा रंगशाला तयार गर्न रु २ अर्ब ६० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । अध्यक्ष कट्टेलले रंगशालाका लागि बोलकबोलको रकम रु ७ करोड मध्ये रु १ करोड र नबोलीकनै सोझै रु २ करोड संकलन भएको जानकारी दिए । डिपिआरका लागि हालसम्म रु २ करोड भूक्तानी गरेको उनले जानकारी दिए ।
सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नुपर्ने बताउँदै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले समयमै सम्पन्न गर्नका लागि सबै पक्षलाई सहयोगको आव्हान गरीन । डीपीआर निर्माणको काम नेपाल र भारतका दुई कन्सल्टेन्सीले संयुक्तरुपमा गरेका हुन् । नेपालमा क्रियटिभ र भारतमा हफिस नामका कन्सल्टेन्सीले यसमा कार्य गरेका हुन् ।
विगतमा रंगशाला निर्माण अवरोध हुँदा डीपीआरको काम पनि रोकिएको थियो । गत जेठमा पश्चिमतर्फको बार भत्काएपछि निर्माणकार्यमा असर पुगेको थियो । रंगशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने मजदुर बस्ने हल, कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी बस्ने घर लगायतका आवश्यक संरचना निर्माण भइसकेको छ ।
रंगशाला स्तुपा आकारको हुने छ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । रंगशालामा ४ वटा द्वार हुनेछन् । जसमा २५ हजार दर्शकहरु अट्ने क्षमता हुनेछ । आउँदो २५ वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्साङ्कन गरिएको छ । चितवनको रामपुरमा रहेको २० बिघा ६ कठ्ठा जमिनमा रंगशाला निर्माण गर्न लागिएको हो । समयमा रकम जुटाउन सकेमा २२ महिना भित्रमा रंगशला तयार हुने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।
रंगशालालाई स्पोर्ट्स हबको रुपमा विकास गरिने छ । यो रंगशालामा क्रिकेट मात्र होइन अन्य खेलका लागि उपयोग हुनेगरी बनाइने छ । फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डिवियोसम्म खेल्न सकिने गरी बनाइने योजना रहेको छ । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहने जनाईएको छ ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]