default_image

5 years ago

October 23, 2019

डब्लूसीएल फाइनल : अपराजित चितवनलाई काठमाडौंको चुनौती

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा नै पहिलो पटक आयोजना भएको महिला फ्रेन्चाइज क्रिकेट लिग, वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) को फाइनल खेल बिहीबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुँदैछ ।

उपाधि भिडन्तमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा रहेको क्याट क्विन्स काठमाडौं र इन्दु वर्माले नेतृत्व गरिरहेको चितवन राइनोज आमनेसामने हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा पनि यिनै दुई टोली खेलेका थिए । उक्त खेलमा चितवन राइनोज १९ औं ओभरमा ५ विकेटले विजयी रहेको थियो । त्यसयता दुवै टोलीले सबै खेलमा जित दर्ता गरेका छन् । ब्याटिङ, बलिङ र फिल्डीङ तीनै पक्षमा यी दुई टोली प्रष्ट रुपमा अब्बल देखिएका थिए र नतिजा पनि सोहीअनुसार हासिल गरे ।

फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काठमाडौंकी कप्तान रुविना क्षेत्रीले पहिलो खेलको नतिजाले फाइनलमा केहि असर नपर्ने बताइन् । ‘ हामीले पहिलो खेलमा हार बेहोरेपछि आफ्नो कमजोर पक्ष पत्ता लगाएर राम्रो प्रदर्शन गरेका छौं । चितवन राम्रो टोली हो र अब हाम्रो लक्ष्य पुराना गल्ति सच्याएर उपाधि जित्नुमा केन्द्रित छ । हामीले फाइनलका लागि केहि योजना बनाएका छौं र त्यसलाई मैदानमा उतार्न सक्दो मिहिनेत गर्नेछौं,’ उनले भनिन् ।

एलिमिनेटरमा विराटनगर टाइटन्सलाई पराजित गर्दाको प्रदर्शनले पनि टोलीको मनोबल केहि बढेको रुविनाले बुझेकी छिन् । एक समय विराटनगर ४४-० को स्थितिमा रहेको अवस्थाबाट काठमाडौंले ६८ रनमा अलआउट गरेको थियो । उक्त प्रदर्शनले दवावमा पनि टोली अब आफ्नो प्रदर्शन गर्न तल्लिन रहेको छनक दिएको रुविनाको बुझाइ छ । ‘ हाम्रो टिममा जितको भोक छ । विराटनगरविरुद्ध प्रदर्शनले पनि टोलीमा अझ मनोबल थपेको छ । दवावको समयमा पनि आफ्नो योजनामा नै रहेर हामीले नतिजा हासिल गरेका हौं । फाइनलमा त्यसैलाई निरन्तरता दिनेछौं,’ उनले भनिन् ।

यता अपराजित टोली चितवनकी कप्तान इन्दु वर्माले लगातार राम्रो प्रदर्शन गर्दै फाइनलमा आएकाले त्यसैलाई निरन्तरता दिंदै उपाधि जित्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिईन । ‘हामीले प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरेका छौं । कागजमा आएको नतिजाले पनि त्यसलाई पुष्टि गरेको छ । अब फाइनलमा पनि त्यसैलाई निरन्तरता दिँदै सुखद अन्त्य गर्न चाहन्छौं । सबै खेलाडी उच्च लयमा छन्,’ उनले भनिन् ।

व्यक्तिगत रुपमा आफ्नो प्रदर्शनलाई लिएर सन्तुष्ट नरहेपनि संयुक्त प्रयासले यहाँसम्म पुगेको कप्तान इन्दुले बताइन । ‘ मेरो व्यक्तिगत प्रदर्शन हेर्ने हो भने सुरुवाती खेल खराब रहे । तर हाम्रो टोलीका खेलाडी राम्रा छन् । संयुक्त प्रयासले नै यहाँसम्म आएका हौं । अब फाइनलमा पनि आ-आफ्नो भूमिका पूरा गरेर उपाधि जित्ने मिहिनेत गर्नेछौं,’ उनले थपिन् ।

दुवै कप्तानले महिलाको लागि यस्तो प्रतियोगिता हुनु नेपाली क्रिकेटका लागि खुसीको कुरा भएको बताए । इन्दुका अनुसार यस प्रतियोगिताले क्रिकेट विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । ‘ हामीले धेरै नयाँ प्रतिभालाई यस प्रतियोगितामार्फत देखेका छौं । यसले राष्ट्रिय टोलीलाई पनि दिर्घकालिन रुपमा सहयोग पुग्नेछ । नेपाली महिला क्रिकेटको विकासमा यस प्रतियोगिताले निकै सहयोग गरेको छ,’ उनले भनिन् ।

राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी काठमाडौंकी कप्तान रुविनाले विशेषगरि दक्षिण एसियाली खेलकुद (साग) अगाडी यस प्रतियोगिता हुनुले राष्ट्रिय टोलीलाई सहयोग पुगेको बताइन् । ‘ हामीले एकैपटक सागमा यो स्थितिमा खेल्नुपरेको भए सेट हुन समय लाग्थ्यो । यस प्रतियोगिताले हामीलाई मैदानमा उत्रन निकै सहज बनाएको छ । राष्ट्रिय टोलीमात्र नभएर अन्य खेलाडीलाई पनि यो स्तरमा खेल्न पाउनु भविष्यका लागि राम्रो संकेत हो,’ उनले थपिन् ।

चितवनको हालसम्मको नतिजा :

काठमाडौंविरुद्ध ५ विकेटको जित

ललितपुरविरुद्ध ८९ रनको जित

पोखराविरुद्ध ७ विकेटको जित

विराटनगरविरुद्ध ५३ रनको जित

काठमाडौंको हालसम्म नतिजा :

चितवनविरुद्ध ५ विकेटको हार

पोखराविरुद्ध ८२ रनको जित

विराटनगरविरुद्ध ५२ रनको जित

ललितपुरविरुद्ध ८ विकेटको जित

विराटनगरविरुद्ध ९ विकेटको जित

प्रभाव पार्नसक्ने खेलाडी :

रुविना क्षेत्री (क्याट क्विन्स काठमाडौं)- २१२ रन, ६ विकेट

इश्वरी विष्ट (क्याट क्विन्स काठमाडौं) – ६ विकेट

काजल श्रेष्ठ (चितवन राइनोज) – ११३ रन

कविता गौतम (चितवन राइनोज) – १० विकेट

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.