5 years ago
October 23, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वको सर्वाधिक लोकप्रिय र धनराशी पुरस्कार भएको फ्रेन्चाइज टि२० प्रतियोगिता हो । आईपीएलको १३ औं संस्करण अर्थात २०२० को लागि अक्सन आगमी पौष ३ मा कोलकत्तामा हुँदैछ ।
गत सिजन देखि हरेक फ्रेन्चाइज टोलीले खेलाडी साटफेर गर्न पाउने प्रावधान रहेको छ । अक्सनअघि आईपीएलका ८ फ्रेन्चाइज टोलीले कुन खेलाडीलाई रिलिज गर्ने र रिटेन गर्ने भनेर टुङ्ग्याउनु पर्ने हुन्छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले पनि खेलाडी साटफेर गरिसकेको छ । सन्दीपको तीन वर्षे सम्झौंता अनुसार यो वर्ष पनि दिल्लीबाट खेल्नुपर्ने हुन्छ । केहि महिनाअघि मुम्बई इन्डियन्सका लेग स्पिनर मंयक मारकन्डेलाई टोलीमा समेट्दै दक्षिण अफ्रिका शेरफेन रदरफोर्डलाई मुम्बई पठाएको थियो । पन्जाबका कप्तान रविचन्द्रन आश्विनलाई टोलीमा ल्याउने प्रयास असफल भएको छ । आश्विनले पन्जाब नछोड्ने बताएका जनाएका छन् ।
दिल्ली क्यापिटल्सले हालसम्म आईपीएलको फाइनल सम्म पुग्न सकेको छैन । गत संस्करणमा दिल्ली क्वालिफायरबाट बाहिरिएको थियो । तर प्रर्दशन उत्कृष्ट थियो । दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएपछि फाइनल पुग्ने सपना अधुरै रहेको थियो । यस संस्करणमा दिल्लीको लक्ष्य पहिलो पटक उपाधि जित्ने हुने छ ।
आईपीएल २०२० मा अक्सनमा खर्च गर्न पाउने बाँकी रकम पनि दिल्लीसँग छ । दिल्लीसँग ८.२ करोड भारतीय रुपैयाँ रहेको बुझिएको छ । दिल्लीले यसपटक आफ्नो कमजोरी सुधार गर्नको लागि टोलीमा रहेका केहि खेलाडीलाई रिलिज गर्दै अक्सनमा उत्कृष्ट खेलाडी अनुबन्ध गर्न सक्छ । दिल्लीको कमजोरी र गत वर्षको प्रर्दशन हेर्दा डिसेम्बर १९ अर्थात पुष ३ गते कोलकत्तामा हुने अक्सन अघि यी पाँच खेलाडीलाई रिलिज गर्ने संभावना रहन्छ ।
५. कोलिन इनग्राम (ब्याट्सम्यान)
दिल्लीले गत वर्ष उपाधि जित्न नसक्नुको प्रमुख कारण तल्लोक्रमको ब्याटिङ कमजोर रहनु पनि थियो । शीर्षक्रमका ओपनर शिखर धवन,पृथ्वी शा,ऋषभ पन्त र कप्तान श्रेयस ऐरको प्रर्दशनमा दिल्लीको ब्याटिङ निर्भर रह्यो । शीर्षक्रम चम्कँदा दिल्लीले विशाल योगफल बनाउनुको साथै ठूलो लक्ष्य पनि सहजै पुरा गरेको थियो । यी खेलाडी सस्तैमा आउट हुँदा दिल्ली जित नजिक पुगेर पनि पराजित हुन पुग्यो ।
गतवर्ष किंग्स इलाभेन पन्जावसँग मोहालीमा दिल्लीले नाटकीय हार बेहोरेको थियो । तल्लोक्रमका ब्याट्सम्यान नचल्दा १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली एक समय १६.४ ओभरमा १४४–४ को बलियो अवस्थामा थियो । तर अन्तिम ८ रन जोड्न ७ विकेट गुमाएपछि १ सय ५२ रनमा अल आउट हुँदै १४ रनको नाटकीय हार बेहोरेको थियो ।
त्यस्तै कोलकत्ता नाइट राइड्सले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्ली १७.५ ओभरमा १७०.३ को अवस्थामा पुगेको थियो । तर अन्तिम १५ रन जोड्न ४ विकेट गुमाएपछि खेल टाइ हुँदै सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा दिल्लीले रोमान्चक जित निकाल्यो । ओपनर पृथ्वी शा ९९ रनमा आउट भएका थिए । दिल्लीले कोलिनलाई ६.५० करोड भारतीय रुपैयांमा अनुबन्ध गरेको थियो । जसक्रममा तल्लोक्रमका भरपर्दा ब्याट्सम्यान कोलिन इनग्रामको प्रर्दशन निकै कमजोर रह्यो ।
इनग्रामले १२ खेलमा १ सय ८४ रन मात्र जोडेका थिए । उनलाई तल्लोक्रम मजबुत बनाउन अनुबन्ध गरेको थियो । तर उनले कमजोर प्रर्दशन गरे । त्यसैले यस पटक दिल्लीले कोलिनलाई रिलिज गर्दै उक्त मुल्यमा मध्यक्रम र तल्लोक्रममा उत्कृष्ट प्रर्दशन गर्न सक्ने ब्याट्सम्यान अनुबन्ध गर्ने संभावना देखिन्छ ।
४. हनुमा विहारी (अलराउन्डर)
गत वर्ष दिल्लीले अक्सनमा सबैलाई आश्चर्य पार्दै टेष्ट प्लेयर हनुमा विहारीलाई टोलीमा अनुबन्ध गरेको थियो । दिल्लीले विहारीलाई २ करोड भारतीय रुपैयाँ तीरेको थियो । विहारीले २ खेलमा मात्रै मौका पाए । जसमा बलिङतर्फ विकेट विहीन थिए । उनले हालसम्म भारतबाट टि२० र ओडीआई खेल खेलेका छैनन् । उनीसँग टि ट्वान्टीको राम्रो अनुभव पनि छैन । उनको खेल्ने शैली टेष्ट देखिन्छ ।
टेष्ट र टि ट्वान्टी ठ्याक्कै उल्टो खेल हो । टि ट्वान्टीमा हरेक बलमा ठूला सट खेल्नुपर्ने हुन्छ । तर टेष्टमा १ सय बलमा १ रन बनाउदा पनि खासै फरक पर्दैन । दिल्लीको मध्यक्रम कमजोर छ । त्यसैको कारण पनि दिल्लीले विहारीलाई अक्सन अघिनै रिलिज गर्दै नयाँ खेलाडीलाई अक्सनमा समेटने संभावना उच्च छ ।
३. राहुल तेवतिया (अलराउन्डर)
ब्याटिङ लेग स्पिनर अलराउन्डर राहुल तेवतिया पनि यस पटक दिल्लीको रिलिज लिष्टमा पर्न सक्ने खेलाडी हुन् । लेग स्पिनरको रुपमा अमित मिश्रा,सन्दीप लामिछाने र मंयक मारकन्डे छन् । यी तीन मध्य एक नियमीत र दुई मैदानको अवस्था हेरेर दिल्लीले मैदान उतार्ने छ । जसमा जसमा पहिलो रोजाईमा को पर्छ भन्न कठिन छ ।
यो अवस्थामा राहुलले स्पिनरको रुपमा टोलीमा मौका पाउने संभावना रहँदैन । ब्याटिङमा तल्लोक्रममा आउने उनको प्रर्दशन कमजोर छ । तल्लोक्रममा अलराउन्डरको रुपमा अक्षर पटेल र किमो पल छन् । जसको कारण अलराउन्डरको रुपमा उनको संभावना कम रहन्छ । दिल्ली उत्कृष्ट फिनिसरको खोजिमा छ ।
२.कोलिन मुनरो (ओपनर)
न्युजिल्यान्डका ओपनर कोलिन मुनरो पनि यस पटक रिलिज हुने संभावना छ । दिल्लीमा शिखर धवन र पृथ्वी शा दुई ओपनर जोडी रहेका छन् । दुबैले गत सिजनमा उत्कृष्ट प्रर्दशन गरेका थिए । शिखरले १६ खेलमा ५ अर्ध शतक सहित कुल ५ सय २१ रन बनाउदै सर्वाधिक रन जोड्ने खेलाडीमा चौथो स्थानमा रहेका थिए । त्यस्तै शा ले १६ खेलमा ३ सय ३५ रन जोडेका थिए । कोलिन मुनरोले गत वर्ष ४ खेलमा ८४ रन मात्र जोडेका थिए । तर उनलाई मध्यक्रममा खेलाइएको थियो ।
वैकल्पिक ओपनरको रुपमा रहेका मुनरोलाई यस पटक दिल्लीले रिलिज गर्न सक्छ । शा र धवन दुबै राम्रो लयमा छन् । शा र धवनलाई बेन्चमा राखेर दिल्लीले मुनरोलाई मैदान उतार्ने संभावना रहँदैन । मुनरोलाई बेन्चमा राख्न भन्दा दिल्लीले रिलज गर्न सक्छ । दिल्लीले मुनरोलाई सन् २०१८ को अक्सनमा १.९० करोड भारतीय रुपैंयामा अनुबन्ध गरेको थियो ।
१. ट्रेन्ट बोल्ट (तीब्र गतिका बलर)
तीब्र गतिका बलर ट्रेन्ट बोल्ट पनि यो वर्ष रिलिज हुन सक्छन् । दिल्लीको फिरोज शाह कोटला मैदान स्पिनर उपयोगि मानिन्छ । त्यसैले दिल्लीले आफ्नो मैदानमा एक वा दुई भन्दा बलर खेलाउने गर्दछ । पहिलो रोजाईमा दक्षिण अफ्रिकाका कागिसो रबाडा पर्ने गर्दछन् । जसले गत वर्ष १२ खेलमा २५ विकेट लिएका थिए । चोटका कारण डबल राउन्ड रोविनको अन्तिम खेल, एलिमिनेटर र क्वालिफायर गुमाउनु परेको थियो । जसको अभाव दिल्लीले भोगेको थियो ।
गतवर्ष बोल्ट धेरै खेलमा बेन्चमा बसेका थिए । बोल्टले ५ खेलमा मौका पाउँदा ५ विकेट मात्र लिएका थिए । रबाडालाई साथ दिने इशान्त शर्मा रहेका छन् । बाउन्सर बलका लागि परिचित इशान्तले गत वर्ष १३ खेलमा १३ विकेट लिएका थिए । बोल्टलाई सन् २०१८ मा दिल्लीले २.२० करोड भारतीय रकममा टोलीमा अनुबन्ध गरेको थियो । जुन अवस्थामा दिल्लीले बोल्टलाई रिलिज गर्ने संभावना छ ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]