5 years ago
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको कर्पोरेट सुपर सिक्सको प्रमुख प्रायोजक माछापुच्छ्रे बैंकले गर्ने भएको छ । आयोजक एसएस इभेन्टस म्यानेजमेन्टले काठमाडौंमा आज एक पत्रकार सम्मेलन गरि सम्झौंता बारे जानकारी गराएको छ ।
सम्झौतामा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस इभेन्टसकाका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षेर गरेका छन् । छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स आगमी डिसेम्बर १८ देखी २३ सम्म टियु क्रिकेट मैदानमा हुने छ । प्रतियोगितामा २४ टोलीको सहभागिता रहने छ । खेल ५ ओभरको मात्र हुने छ । आयोजकले यस प्रतियोगिता सञ्चालन गर्न करिव ४० लाख लाग्ने अनुमान गरेको छ ।
माछापुच्छ्रे बैंकको देशभरमा १ सय ४१ शाखा र १ सय ३० शाखा रहित बैंक गरि कुल २ सय ७१ स्थानबाट सेवा प्रदान गर्दै आएको छ । १ सय ६३ वटा एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]