5 years ago
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलबासीले अविश्वसनिय बलिङ गरेपछि वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को क्वालिफायर खेलमा विराटनगर टाइटन्सले क्याट क्विन्स काठमाडौंलाई ६९ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरल १७.३ ओभरमा अल आउट हुँदै ६८ रनमा समेटियो । एक सयम ६.५ ओभरमा ४४-० को अवस्थामा रहेको विराटनगर ६८ अल आउट हुन पुगेको थियो । विराटनगरले अन्तिम २४ रन जोड्न १० विकेट गुमायो । विराटनगरकी ओपनर सोनु खड्काले २५ बलमा ६ चौका सहित ३४ रनको योगदान दिदै राम्रो सुरुवात गरेको थियो ।
ओपनर ज्योती पाण्डे र सोनुले ६.५ ओभरमा ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । रुविनाले विकेटकीपर ममता थापाबाट पाण्डेलाई १२ बलमा स्टम्पिङ आउट गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । पाण्डेले २० बलमा २ चौका प्रहार गरिन् । नवौं ओभरको पहिलो बलमा रुविनालेनै सोनुलाई आफैं क्याच गदैं पेभिलिएन फर्काएपछि विराटनगरको विकेट पतन नाटकीय रुपमा गुमेको थियो ।
११ औं ओभरको दोस्रो बलमा लक्ष्मी चौधरी २ रनमा रन आउट भइन् । दुई बल पछि रुविनाले हिटर डोली भट्टलाई शून्यमा बोल्ड आउट गरिन् । डोली आउट भएको दुई बलपछि कप्तान सरिता मगर २ रनमा रन आउट भएपछि विराटनगर संकटमा परेको थियो । ११ औं ओभरमा प्रमुख ३ ब्याट्सम्यान गुमाएपछि राम्रो सुरुवात गरेपनि सस्तैमा समेटिएको हो । विराटनगरको विकेटपतन निरन्तर जारी रह्यो ।
अस्मिना कर्माचार्यलाई १३ ओभरको पाँचौ बलमा इश्वरी विष्टले १ रनमा बोल्ड आउट गरिन् । एसोदा विष्ट डक आउट भइन् । सबनम बिष्ट डक,आरती विडारी ११ रनमा आउट भइन् । कप्तान रुविना क्षेत्री बेलवासीले ४ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ४ विकेट लिइन् । इश्वरी विष्ट,लक्ष्मी साउद र संगिता राइको नाममा समान १ विकेट रह्यो ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]