default_image

5 years ago

October 21, 2019

ड्रेसिङ रूममै भारतीय प्रशिक्षक शास्त्री निदाएपछि….

135 views

0 Bookmark

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो तथा अन्तिम टेष्ट राँचीमा जारी छ । तेस्रो दिनको खेल सकिँदा भारत जित नजिक छ ।

यता भारत क्लिन स्विप नजिक हुँदा सामाजिक संजाल र भारतीय मिडियामा भने प्रमुख प्रशिक्षक रवि शास्त्री ड्रेसिंग रूममै निदाएको तस्विरले निकै चर्चा पाएको छ । ड्रेसिंग रूममै निदाएको तस्विरलाई विभिन्न दृष्टीकोणबाट मजाकमा समेत उडाइएको छ । ट्विटरमा रोहित बरेथले ट्वीट गर्दै लेखेका छन्, ‘सुत्नको लागि १० करोडको उत्कृष्ट जब छ ।’

त्यस्तै एक ट्वीटर ह्यान्डलमा शास्त्रीले विश्वकै आरामदायी नोकरी पाएको लेखेका छन् । शास्त्रीको ड्रेसिंग रूममै निदाएको तस्विर भारतीय मिडियामा पनि राम्रोसँग छाएको छ । शास्त्रीको तलब झन्डै १० करोड भारतीय रुपैंया रहेको पक्षलाई यस तस्बिरसँग जोडेर धेरैले प्रतिक्रिया दिएका छन्  ।

तेस्रो दिनको खेल सकिदा दक्षिण अफ्रिका २ सय ३ रनले पछि छ र उसको साथमा २ विकेट मात्रै रहेको छ । तेस्रो दिनको खेल सकिँदा फलोअनमा परेको दक्षिण अफ्रिका ४६ ओभरमा १३२-८ को अवस्था छ । दक्षिण अफ्रिका पहिलो इनिङमा ५६.२ ओभरमा १ सय ६२ रनमा अल आउट भएपछि फलोअनमा परेको थियो । भारतले रोहित शर्माको दोहोरो शतक र अजिंक्या रहाणेको शतकमा ११६.३ ओभरमा ४९७-९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

February 26, 2025

अफगानिस्तान र इङ्ग्ल्याण्डलाई जित्नै पर्ने दबाब

एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

Success

Thank you for your time.