5 years ago
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा नोभेम्वर दोस्रो सातादेखि आयोजना हुने भनिएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता एक महिना पछि सरेको छ ।
आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता एक महिना सारिएको उल्लेख गरेको छ । अब यसँगै पीपीएल डिसेम्डर १४ देखि २८ सम्म हुने भएको छ । आयोजकले यसअघि नोभेम्वर १२ देखि २३ सम्म पीपीएल हुने बताएको थियो ।
सोही समयमा दक्षिण एसियाली खेलकुद अन्तरगत महिला क्रिकेट खेलको तयारीका लागि प्रतियोगिता सञ्चालनका साथै नोभेम्वर १ देखि १२ सम्म इंग्ल्यान्डको मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) बाट नेपालको भ्रमण दौरान काठमाडौं र पोखरामा मैत्रीपुर्ण क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।
यससँगै सोही समयमा नेपाली यु–१९ टोली भारतको भ्रमणमा रहने हुँदा राष्ट्रिय खेलाडी सहित अन्य खेलाडीहरु सोही कार्यक्रमलाई व्यस्त रहने हुदा प्रतियोगिता एक महिना पछि सार्नुपरेको उल्लेख छ । पीपीएल ६ शहरका ६ फ्रेन्चाइज टोलीले खेल्नेछ ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]