5 years ago
October 20, 2019
एजेन्सी – ओपनर रोहित शर्माको दोहोरो शतकसँगै दक्षिण अफ्रिकासँगको तेस्रो तथा अन्तिम टेष्टमा भारत बलियो अवस्थामा छ । दोस्रो दिनको खेल सकिँदा भारतले ४ सय ८८ को अग्रता लिएको छ ।
भारतले ११६.३ ओभरमा ४९७-९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । भारतका लागि ओपनर रोहित शर्माले २ सय १२ रनको दोहोरो शतकको योगदान दिए । रोहितको टेष्टमा यो पहिलो दोहोरो शतक समेत हो । ८९ ओभरको पहिलो बलमा कागिसो रबाडाले लुन्गि निडीबाट क्याच गराउनु अघि रोहितले २ सय ५५ बलमा २८ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै अजिंक्या रहाणेले आफ्नो ११ औं टेष्ट शतक पुरा गर्ने क्रममा १ सय १५ रनको योगदान दिए । रहाणेले १ सय ९२ बलमा १७ चौका र १ छक्का प्रहार गरे । रोहित र रहाणेले चौथो विकेटका लागि २ सय ६७ रनको साझेदारी गरेका थिए । तल्लोक्रममा रविन्द्र जडेजाले ५१ र उमेश यादवले ३१ रन जोडे । उमेशले १० बलमा ५ छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिका कागिसो रबाडाले ३ र जर्ज लिन्डेले ४ विकेट लिए ।
पहिलो इनिङ थालेको दक्षिण अफ्रिकाले ५ ओभरमा ९ रन जोड्न २ विकेट गुमाएको छ । डीन एल्गर डक र क्विन्टन डी कक ४ रनमा आउट भएका छन् । तीन टेष्ट सिरिजमा भारतले २-० ले आफ्नो पक्ष्यमा पारि सकेको छ । भारतको लक्ष्य तेस्रो टेष्ट जित्दै क्विन स्विप गर्ने हुने छ ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]