default_image

5 years ago

October 20, 2019

अपराजित चितवन डब्लूसिएलको फाइनलमा

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्स वुमन्स च्याम्यिन्स लिग टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिवार विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

चितवनले समुह चरणका चारै खेलमा जित निकाल्दै अपराजित रहि स्वत फाइनलमा स्थान बनाएको हो । १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा अल आउट हुँदै ६९ रनमा समेटियो । विराटनगरको लागि ओपनर ज्योती पाण्डेले १९ बलमा ४ चौका सहित २१ रनको योगदान दिइन् । पाण्डेलाई छैटौं ओभरको पहिलो बलमा रेखा रावलले सुमन खतिवडाबाट क्याच आउट गराउँदै पेभिलिएन फर्काएकी थिन् ।

दोस्रो ओभरको अन्तिम बलमा ओपनर लक्ष्मी चौधरी १ रन मा रन आउट भएकी थिन् । पाँचौ ओभरको दोस्रो बलमा शर्मीला मगर शून्यमा आउट भइन् । अस्मिना कर्मचार्य ६,सरिता मगर १,आरती विडारी ५,एसोदा बिष्ट डक आउट भएपछि विराटनगर ११.५ ओभरमा ४०-७ को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रममा डोली भट्टले २१ बलमा १ चौका र २ छक्का सहित २१ रनमा क्याच आउट भइन् । चितवनको जितमा कविता गौतमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिइन् । सुमन खतिवडाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । सन्तोषी चौधरी,रितु कनौजिया र रेखा रावलको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो। डोली भट्टले १३ ओभरको अन्तिम बलमा डाइरेक्ट थ्रो गर्दै रन आउट गर्नुअघि ओपनर कञ्चन श्रेष्ठले ४१ बलमा ६ चौका सहित ३४ रन जोडिन् । आरती बिडारीले १६ ओभरको चौथो बलमा विकेटकीपर ज्योती पाण्डेबाट क्याच आउट गराउनु अघी

काजल श्रेष्ठले ४६ बलमा २ चौका सहित ३६ रन जोडिन् । पहिलो विकेटको लागि काजल र कञ्चनले १३ ओभरमा ६९ रनको साझेदारी गरेपनि मध्यक्रम र तल्लोक्रममा निरन्तर विकेट गुमेपछि मध्यम योगफलमै समेटिएको हो ।

सुमन खतिवडा १० रनमा बोल्ड आउट भइन् । रितु कनौजिया ५ रनमा रन आउट भइन् । सबनम राइले प्यारी चौधरीलाई १८ औं ओभरको पाँचौ बलमा शून्यमा बोल्ड गरिन् । रेखा रावललाई शर्मीला रोका मगरले शून्यमा एलवी डब्लू आउट गर्दै पेभिलिएन फर्किन् । कप्तान इन्दु बर्मा १५ बलमा २ चौका सहित १७ रनमा अविजित रहिन् । विराटनगरकी सबनम राईले २, शर्मीला राना मगर,आरती बिडारी र सोनु खड्काले समान १ विकेट लिए ।

चितवन ४ खेलमा ४ मा जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । ४ खेलमा ३ मा जित र १ मा हारका साथ क्याट क्विन्स काठमाडौं दोस्रो स्थानमा रह्यो । त्यस्तै ४ खेलमा समान २ मा हार र जितका साथ तेस्रो स्थानमा विराटनगर रह्यो । विराटनगर र काठमाडौंबीच मंगलबार क्वालिफायर हुने छ । जसको विजेता चितवनसँग बिहीबार उपाधिको लागि लड्ने छ ।

सुरुवाती तीन खेलमा तीनै खेल हार्दै चौथो स्थानमा रहेको पोखरा पल्टन र पाँचौ स्थानमा रहेको ललितपुर फाल्कोन्स भने एक खेल अगावै समुह चरणबाट बाहिरिएका छन् ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.