default_image

5 years ago

October 20, 2019

रुविनाको उत्कृष्ट प्रर्दशनसँगै काठमाडौं प्लेअफमा

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलवासीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदै अविजित अर्धशतक प्रहार गरेपछि क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग टि२० प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान पक्का गरेको हो । लगातार तेस्रो हारसँगै ललितपुर फाल्कोन्स समुह चरणबाटै बाहिरिएको छ । १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

जितमा कप्तान तथा ओपनर रुविना ५२ बलमा ९ चौका र १ छक्का सहित ५९ रनमा अविजित रहिन् । रुविनाले ४६ बलमा डब्लूसिएलमा आफ्नो दोस्रो अर्धशतक पुरा गरिन् । यस अघि रुविनाले पोखरा पल्टन विरुद्ध ८३ रनको अविजित उत्कृष्ट इनिङ खेलेकी थिइन् ।

ओपनर रश्मी शर्मा चौलागाईं ९ र रोमा थापा १८ रनमा आउट भए । अप्सरी बेगम ७ रनमा अविजित रहिन् । ललितपुरका एलिसा केसी र सम्झना खड्काले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो। लतिपुरकी ओपनर रोशनी बोहरा ५० बलमा २ चौका सहित २९ र कृती शेन ६ रनमा अविजित रहिन् ।

पाँचौ ओभरको पाँचौ बलमा ओपनर गीता गोशाई १३ रनमा रन आउट हुन पुगिन् । नवौं ओभरको चौथो बलमा ममता चौधरी पनि १५ रनमा रन आउट भएकी थिन् । १४ ओभरको अन्तिम बलमा सरस्वती कुमारी चौधरीले कप्तान नेरी थापालाई आफैं क्याच गर्दै २२ रनमा पेभिलिएन फर्काइन् । नेरीले १९ बलमा ४ चौका प्रहार गरिन् । अन्तिम ओभरको पहिलो बलमा करुणा भण्डारीलाई इश्वरी विष्ट ८ रनमा बोल्ड आउट गरिन् ।

काठमाडौंकी इश्वरी विष्टले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले १ विकेट लिइन् ।

चितवन राइनोज यसअघिनै लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुगिसकेको छ । ललितपुर र पोखरा पल्टन बाहिरिएसँगै दुई खेल जितेको विराटनगर टाइटन्स पनि क्वालिफायरमा पुगेको छ ।

आज दोस्रो खेलमा विराटनगर र चितवन खेल्दै छन् । जुन खेलमा चितवन विजयी भए स्वतः फाइनलमा प्रवेश गर्ने छ । चितवन पराजित भएको खण्डमा रन रेटको आधारमा शीर्ष स्थानमा रहने एक टोलीले फाइनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानको टोलीबीच मंगलबार क्वालिफायर हुने छ । फाइनल विहीबार हुने छ ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.