default_image

5 years ago

October 20, 2019

क्वालिफायरमा स्थान बनाउन काठमाडौंलाई सामान्य लक्ष्य

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेलमा ललितपुर फाल्कोन्सले क्याट क्विन्स काठमाडौंलाई १ सय ७ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनायो । लतिपुरका लागि ओपनर रोशनी बोहराले ५० बलमा २ चौका सहित २९ रनमा अविजित रहिन् । कृती शेन ६ रनमा अविजित रहिन् ।

पाँचौ ओभरको पाँचौ बलमा ओपनर गीता गोशाई १३ रनमा रन आउट हुन पुगिन् । नवौं ओभरको चौथो बलमा ममता चौधरी पनि १५ रनमा रन आउट हुन पुगिन् । १४ ओभरको अन्तिम बलमा सरस्वती कुमारी चौधरीले कप्तान नेरी थापालाई आफैं क्याच गर्दै २२ रनमा पेभिलिएन फर्काइन् । उनले १९ बलमा ४ चौका प्रहार गरिन् । अन्तिम ओभरको पहिलो बलमा करुणा भण्डारीलाई इश्वरी विष्ट ८ रनमा बोल्ड आउछ गरिन् ।

काठमाडौंकी इश्वरी विष्टले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले १ विकेट लिइन् । यस खेलमा काठमाडौं विजयी भए क्वालिफायरमा पुग्ने छ । काठमाडौं पराजित भए क्वालिफायरको लागि अन्य खेलको नतिजा पर्खनु पर्ने हुन्छ ।

यता ललितपुर पराजित भए समुह चरणबाटै बाहिरिने छ । ललितपुर विजयी भएमा अर्को चरणको झिनो आसा संभावना कायमै रहने छ ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.