default_image

5 years ago

October 19, 2019

रोमाको अर्ध शतकमा काठमाडौंको बलियो योगफल

50 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्यिन्स लिग टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा क्याट क्विन्स काठमाडौंले विराटनगर टाइटन्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । काठमाडौंको लागि रोमा थापा ५३ रनमा अविजित रहिन् । रोमाले ५१ बलमा डब्लूसिएलमा आफ्नो पहिलो अर्ध शतक पुरा गरिन् । रोमाले ५२ बलमा ६ चौका प्रहार गरिन् ।

त्यस्तै कप्तान रुविना क्षेत्री २४ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहिन् । दोस्रो ओभरको पहिलो बलमै डोली भट्टले ओपनर शोभा आलेलाई २ रनमा एलवी डब्लू आउट गरेकी थिइन् । अर्की ओपनर रश्मी चौलागाईं १३ ओभरको पाँचौ बलमा रन आउट हुनुअघि ४३ बलमा ४ चौका सहित ३४ रनको योगदान दिइन् ।

विराटनगरकी डोली भट्टले १ लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.