5 years ago
October 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोज वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।
शनिवार पोखरा पल्टनलाई ७ विकेटले पराजित गर्दै एक खेल अगावै शीर्ष स्थानमा रहँदै चितवन क्वालिफायरमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
१ सय २८ रनको लक्ष्य पछ्याएको चितवनले १८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । चितवनको जितमा ओपनर काजल श्रेष्ठले ४७ बलमा ५ चौका सहित ५१ रनको अर्ध शतकीय इनिङ खेलिन् । ओपनर कञ्चन श्रेष्ठ र काजलले पहिलो विकेटका लागि १०.४ ओभरमा ७१ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए ।
अन्जली चन्दले बोल्ड आउट गर्नु अघि कञ्चनले ३४ बलमा २ चौका सहित २९ रन जोडिन् । कप्तान इन्दु बर्मा २३ बलमा ४ चौका सहित २४ रनमा बोल्ड आउट भइन् । इन्दुलाई अन्जलीले १७ ओभरको पाँचौ बलमा बोल्ड आउट गरेकी थिन् । पोखराकी अन्जली चन्दले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । पोखराको लागि कप्तान सीता रानामगरले ६५ रनको अविजित अर्ध शतकीय इनिङ खेलिन् । उनले ५१ बलमा अर्ध शतक पुरा गरेकी थिइन् । १९ ओभरको चौथो बलमा सुमन खतिवडालाई चौका प्रहार गर्दै अर्ध शतक पुरा गरेकी थिइन् । सिताले ५६ बलमा ७ चौका र १ छक्का प्रहार गरिन् ।
चौथो ओभरको अन्तिम बलमा रेबती धामी सितासँग रनमा तालमेल गर्न नसक्दा ४ रनमा रन आउट हुन पुगिन् । छैटौं ओभरको दोस्रो बलमा रुबी पोदारलाई रेखा रावलले १ रनमा बोल्ड आउट भइन् । नवौं ओभरको अन्तिम बलमा शिला क्षेत्री ३ रनमा रन आउट भइन् । १४ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि कविता कुवरले १९ बलमा २ चौका सहित १५ रनको योगदान दिइन् ।
अन्जली चन्द ४ रनमा क्याच आउट भइन् । तल्लोक्रममा मञ्जु बोगटीले १६ बलमा समान २ चौका र छक्का सहित २४ रनमा अविजित रहेपछि पोखरा मध्यम योगफल सम्म पुगेको हो । चितवनकी कविता गौतमले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । रेखा रावलको नाममा १ विकेट रह्यो ।
चितवनले पहिलो खेलमा क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गरेको थियो ।
चितवनले अन्तिम खेल आइतबार विराटनगर टाइटन्ससँग खेल्ने छ । यता पोखराको यो लगातार तेस्रो हार हो । योसँगै पोखराको अघिल्लो चरणको संभावना अंक गणितीय झिनो मात्र बाँकी रहेको छ ।
पहिलो खेलमा पोखरा काठमाडौंसँग ८२ रनले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा विराटनगरसँग ६ विकेटले पराजित भएको थियो । पोखराले अन्तिम खेलमा सोमवार ललितपुर फाल्कोन्ससँग खेल्ने छ ।
पाँच टोली सहभागि यस प्रतियोगिताको शीर्ष टोली स्वतःफाइनलमा प्रवेश गर्ने छ । दोस्रो र तेस्रो स्थानमा रहेको टोली क्वालिफायर खेल्ने छन् । पुछारका दुई टोली समुह चरणबाटै बाहिरिने छन् ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]