default_image

5 years ago

October 18, 2019

टि ट्वान्टी विश्वकप छनोट:आयरल्यान्ड र नेदरल्यान्डको विजयी सुरुवात

80 views

0 Bookmark

एजेन्सी – यूएईमा आज देखी सुरु भएको आईसीसी टि ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा आयरल्यान्ड र नेदरल्यान्डले विजयी सुरुवात गरेका छन् ।

विश्वकप छनोटको दोस्रो खेलमा आयरल्यान्डले हङकङलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । आयरल्यान्डको जितमा एन्डयू बलबर्नीले ५३ बलमा ८ चौका सहित ७० रनमा अविजित रहे । ओपनर पल स्टर्लिङले ३६ बलमा ८ चौका र २ छक्का सहित ६२ रनको योगदान दिदै प्लेयर अफ द म्याच घोषित बने ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको हङकङले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । उसका लागि किंचित शाहले ५४ बलमा ६ चौका र २ छक्का सहित ७९ रनको योगदान दिए । अजाज खान १६, हारुन अर्शद २० र सिमनदीप सिंहले १४ रन जोडे । आयरल्यान्डका लागि मार्क आदिर २, ग्रेथ डेनली र डेविड डेनलीको नाममा समान १ विकेट रह्यो ।

त्यस्तै अर्को खेलमा नेदरल्यान्डले केन्यालाई ३० रनले पराजित गर्यो । १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३६ रन मात्र बनाउन सक्यो । उसका कोलिन्स ओबुयाले ४० बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । राकीप पटेल २६ रन जोड्दा अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

नेदरल्यान्डको जितमा पल भान मेर्किरेनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । फ्रेद क्यालासेन२,टिम भान डेर,ब्रान्डन गोभर र रोलेफ भान डर मर्वेले समान १ विकेट लिए ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । म्याक्स ओडोअडले ४६ बलमा ४ चौका र १ छक्का सहित ५३ रन जोडे । टोबिसा भिस्सी २०,बेन कपुर ३६,रोलेल भान डेर मर्व २१ र पिटर सेलार २४ रनमा अविजित रहे । केन्याका कोलिन्स ओबुयाले २निल्सन ओधिम्बो र शेमनोग्चेको नाममा १ विकेट रह्यो ।

आजको पहिलो खेलमा सिंगापुरले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो । नोभेम्बर २ सम्म चल्ने प्रतियोेगितामा कुल १४ टोलीको सहभागिता छ । शीर्ष ६ टोली आगमी वर्ष अष्टे«लियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

Success

Thank you for your time.