5 years ago
October 18, 2019
एजेन्सी – सिंगापुरले यूएईमा आजदेखी सुरु भएको आईसीसी टि२० विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । स्कटल्यान्डमाथि २ रनको रोमाञ्चक जित निकाल्दै सिंगापुरले विजयी शुरुवात गरेको हो ।
आइसीसी क्रिकेट एकेडेमी मैदानमा १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । स्कटल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा ८ रन चाहिएको थियो । तर अन्तिम ओभरमा ३ विकेट गुमाउँदै ५ रन मात्रै जोडेपछि स्कटल्यान्ड झिनो अन्तरले पराजित हुन पुगेको हो ।
स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्शेले ४६ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै कप्तान काइल कोट्जर ३८,कलुम म्याकलेड ४४, टिम सोेले ११ रन जोडे ।
सिंगापुरको लागि विजय कुमारले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सिद्धान्त सिंह र अमजद महबुबको नाममा समान २ विकेट रह्यो । त्यस अघि टस हारेर ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।
सिंगापुरको लागि ओपनर सुरेन्द्रन चन्द्रमोहनले ५५ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । अरित्रा दत्तले १५ बलमा ३ छक्का र १ चौका सहित ३२,टिम डेविड १,मनप्रित सिंह २६ र जनक प्रकाशले २० रनको योगदान दिए ।
स्कटल्यान्डका लागि जोश डेभी र सफ्यान शरीफको नाममा समान २ विकेट रह्यो । सिंगापुरले आइतबार बर्मुडासँग खेल्ने छ । त्यस्तै स्कटल्यान्डले सनिवार केन्यासँग खेल्ने छ ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]