default_image

5 years ago

October 16, 2019

टि टेनमा सन्दीप महंगो मुल्यमा अनुबन्धित

60 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलुकद)- नेपाली लेग स्पिनर सन्दीप लामिछाने यूएईमा हुने टि टेन लिग मा महँगो मुल्यमा अनुबन्ध भएका छन् । जारी डाफ्ट्रमा नेपाली लेग स्पिनर सन्दीपलाई टि टेन को फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा टोलीमा भित्र्याएको छ ।

टि टेन को क्याटगरी ‘ए’ मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउने छन् । टि टेन नोभेम्बर १५ देखी २४  सम्म युएईमा चल्ने छ ।सन्दीपले गत वर्ष टि टेन लिग केराला नाइट्सबाट खेलेका थिए । जसमा ६ खेलमा ६ विकेट लिएका थिए ।

सन्दीप गत वर्ष पहिलो खेलमै पख्तुन्सविरुद्ध २ ओभरमा ३ विकेट लिएपछि खेलको म्यान अफ द म्याच घोषित भएका थिए । सन्दीपको टिमको आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पुर्व ओपनर हसिम हमला रहेका छन् । प्रशिक्षकको रुपमा टम मुडी छन् ।

 

December 11, 2024

लुम्बिनीको एनपिएल : अक्सनमा सफल, मैदानमा असफल

भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]

December 11, 2024

काठमाडौंसँग पराजित हुदै लुम्बिनी लिगबाट बाहिरियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]

December 11, 2024

लुम्बिनी सामू चलेन काठमाडौंकाे ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]

Success

Thank you for your time.