5 years ago
October 11, 2019
एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा भारतले ५ विकेटको क्षतिमा ६ सय १ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको छ । टोलीका कप्तान विराट कोहलीले यादराग इनिङ्स खेलेका छन् । उनले अविजित २ सय ५४ रन जोडे । रविन्द्र जडेजाको विकेट पतन भएपनि कोहलीले इनिङस समाप्तीको घोषणा गरेका थिए ।
३ विकेटको क्षेतिमा २ सय ७३ रनबाट भारतले दोस्रो दिनको खेल अघि बढाएको थियो । केवश महराजको बलमा चौका प्रहार गर्दै कोहलीले २ सय ५० रन पुरा गरेका थिए । टेष्ट क्रिकेटमा २ सय ५४ उनको अहिले सम्मकै उच्च स्कोर हो । टेष्ट क्रिकेटमा यो उनको सातौं दोहोरो शतक हो । टेष्ट क्रिकेटमा २६ औं शतक पुरा गरेका कोहलीले ७ हजार रन पुरा गरेका छन् ।
कोहली र शतक बनाउनबाट ९ रनले चुकेका जडेजाले छैटौं विकेटका लागि २ सय २५ रनको साझेदारी गरेका थिए । त्यसअघि अजिन्के रहाणे र कोहलीले पाँचौं विकेटका लागि १ सय ७८ रनको साझेदारी गरेका थिए । रहाणे ५९ रनमा आउट भए । १ सय ४ बल खेलेका जडेजाले ८ चौका र २ छक्काको सहयोगमा ९१ रन बनाए ।
त्यस्तै कोहलीले ३ सय ३६ बलमा ३३ चौका र २ छक्का प्रहार गरेका थिए । अघिल्लो दिन ओपनर मंयक अग्रवालले शतक (१०८) र चेतेश्वर पुजाराले अर्धशतक (५८) रन बनाएका थिए । अर्का ओपनर रोहित शर्मा १४ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाको लागि कागिसो राबाडाले ३, अन्रिच नोर्टजी र महाराजले समान १ विकेट लिए । दक्षिण अफ्रिकाले शुक्रबार नै ब्याटिङ सुरु गरेको छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]