5 years ago
October 6, 2019
एजेन्सी – पहिलो टेष्टमा भारतले दक्षिण अफ्रिकालाई आइतबार २ सय ३ रनले हराएको छ । ३ सय ९५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका दोस्रो इनिङ्समा १ सय ९१ रनमा समेटिएपछि घरेलु टोली विजयी भएको हो ।
भारतले पहिलो इनिङ्समा ७ विकेट गुमाउँदै ५ सय २ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको थियो । त्यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४ सय ३१ रन बनाएको थियो । पहिलो इनिङ्समा ७१ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङ्समा ४ विकेट गुमाउँदै ३ सय २३ रन जोड्दै इनिङ्स समाप्तीको घोषणा गरेको थियो । जसबाट दक्षिण अफ्रिकाले ३ सय ९५ रनको लक्ष्य पाएको थियो ।
दक्षिण अफ्रिकाले पाँचौं तथा अन्तिम दिन १ विकेट क्षेतिमा ११ रनबाट खेल अघि बढाएको थियो । भ्रमणकारी टोलीका लागि डेन पेडिटले अर्धशतक बनाएका थिए । त्यस्तै सेनुरन मथुसामीले ४९, एडेन माकरमले ३९ रन जाडे । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए । रविन्द्र जडेजाले ४ तथा रविचन्द्रन आश्विनले १ विकेट लिएका थिए । दुवै इनिङ्समा शतक बनाएका भारतीय ब्याट्सम्यान रोहित शर्मा म्यान अफ दी म्याच घोषित भए ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]