5 years ago
October 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले ओमानमा जारि टि-२० प्रतियोगिता अन्तर्गत हङकङविरुद्ध नेपालको पहिलो खेलमा एकै ओभरमा ३ विकेट लिएका छन् ।
टस जितेर फिल्डीङ रोजेको नेपालले औसत सुरुवात गरेपछि करणले पाँचौ ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई खेलमा फर्काएका थिए । ४ ओभरमा विना विकेटको क्षति ३५ रन जोडेको अवस्थामा बलिङमा आएका कारणले तेस्रो बलमा ओपनर अहसान अब्बासीलाई १३ रनमा रोहित पौडेलको हातबाट क्याच गराएका थिए । करणले पाँचौ बलमा अर्का ओपनर निजाकत खानलाई १३ बलमा २३ रन जोडेको अवस्थामा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए ।
लगत्तै अर्को बलमा शहिद वासिफ पहिलो बलमा नै करणको एलबीडब्लू धरापमा पारे । हङकङका लागि अहिले वाकस बर्कात र किन्चित शाह ब्याटिङमा छन् । हङकङले ७ ओभरमा ४७ रन जोड्दा ३ विकेट गुमाएको छ ।
प्रतियोगिताअन्तर्गत यो चौथो खेल हो । आइतबार भएको पहिलो खेलमा आयोजक ओमानले आयरल्यान्डलाई ४३ रनले पराजित गरेको थियो । त्यसअघि शनिबारको खेलमा ओमानले हङकङलाई ७ विकेटले तथा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]