5 years ago
October 5, 2019
एजेन्सी – पहिलो टेस्टमा भारत बलियो अवस्थामा रहेको छ । भारतले दक्षिण अफ्रिका सामू ३ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो इनिङ्समा ७१ रनको अग्रता लिएको भारतले दोस्रो इनिङ्समा ४ विकेट गुमाउँदै ३ सय २३ रन जोडेपछि इनिङ्स समाप्तीको गर्दै दक्षिण अफ्रिकालाई लक्ष्य दिएको हो ।
शनिबार चौथो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले १ विकेटको क्षेतिमा ११ रन जोडेको छ । एक दिनको खेल बाँकी रहँदा दक्षिण अफ्रिका ३ सय ८४ रनले पछाडि छ । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४ सय ३१ रन जोडेको थियो । भारतले ७ विकेटको क्षेतिमा ५ सय २ रन बटुल्दै इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
दोस्रो इनिङ्समा पनि रोहित शर्मामो ब्याटिङ चल्यो । पहिलो इनिङ्समा शतक बनाएका रोहितले दोस्रो् इनिङ्समा पनि शतक पुरा गरे । एउटा टेष्टको दुवै इनिङमा शतक बनाउने उनी छैटौं भारतीय खेलाडी बनेका छन् ।
दोस्रो इनिङ्समा रोहितले १ सय २७ रन जोडे भने चेतेश्वर पुजाराले ८१ रनको योगदान गरे । रविन्द्र जडेजाले ४० रन जोडे । कप्तान विराट कोहली ३१ र अजिंके रहाणे २७ रनमा अविजित रहँदा भारतले इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]