5 years ago
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले तेस्रो खेलमा आज जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।
जिम्बावेसँग पहिलो खेलमा जित नजिक पुगेको नेपाल डेथ ओभरमा बलिङ कमजोर हुँदा ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा उत्कृष्ट पुनरागमन सहित सिंगापुरलाई ९ विकेटले पराजित गर्दै थुप्रै कीर्तिमान रचेको थियो । तेस्रो खेलमा जिम्बावे सिंगापुरसँग ४ रनले स्तब्ध भएपछि नेपाल अंक तालिकामा शीर्ष स्थानमा छ । तीनै टोलीको समान २ अंक भएपनि नेपाल नेट रन रेटका आधारले शीर्ष स्थानमा रहेको हो ।
दुवै खेलको प्रर्दशनले नेपालको मनोबल उच्च छ । जिम्बावेविरुद्ध पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो । एक समय १० ओभरमा ६४-५ को कमजोर अवस्थामा पुगेको जिम्बावेलाई छैटौं विकेटका लागि रेयान बर्ल र रिचमन्ड मुतुम्बामीले ६९ रनको अविजित साझेदारी गर्दै जित दिलाएका थिए । नेपालका यी तीन खेलाडी जसको उत्कृष्ट प्रर्दशनमा नेपालले टेष्ट टोली जिम्बावेलाई हराउन सक्छ ।
३. सन्दीप लामिछाने (लेग स्पिनर)
लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रर्दशनमा जिम्बावेलाई निराश बनाउन सक्छन् । पहिलो खेलमा जिम्बावेका कप्तान सन विलियम्स सहित शीर्षक्रमका ३ ब्याट्सम्यानलाई शून्यमा पेभिलिएन फर्काएका थिए । उक्त खेलमा सन्दीपले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिदा अन्य बलरको राम्रो साथ नपाउँदा पराजित हुन पुगेको थियो । दोस्रो खेलमा सन्दीपले सिंगापुरविरुद्ध ४ ओभरमा १८ रन मात्रै खर्चेका थिए । सन्दीपले आफ्नो उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिए जिम्बावेका ब्याट्सम्यानलाई पनि निराश बनाउन सक्छन् । जसको सहयोगमा नेपालले पहिलो पटक जिम्बावेलाई हराउन सक्छ । सन्दीपले १३ टि २० आईमा नेपालबाट १९ विकेट लिई सकेका छन् ।
२. अभिनाश बोहोरा (बलर)
तीब्र गतिका बलर अभिनाश बोहोरा योर्क बल फ्याक्नका माहिर छन् । डेथ ओभरका विशेष मानिने अभिनाशले जिम्बाबेका ब्याट्सम्यानलाई आजको खेलमा निराश बनाउन सक्छन् । अभिनाशले दुबै खेलमा कसिलो बलिङ गरेका छन् । पहिलो खेलमा जिम्बावेविरुद्ध २ ओभरमा ११ रन मात्रै खर्चेका थिए । उनको २ ओभर बाँकी राखेर दीपेन्द्र सिंह ऐरी र कुशल मल्ललाई डेर्थ ओभरमा बलिङ गराउँदा कप्तान पारस खड्काको आलोचना समेत भएको थियो । उनले दोस्रो खेलमा सिंगापुरविरुद्ध ३ ओभरमा १६ रन खर्चे।
गत माघमा यूएईविरुद्ध डेब्यू गरेका बोहोराले १० खेलमा १२ विकेट लिएका छन् । एसिया विश्वकप छनोटको निर्णायक खेलमा सिंगापुरविरुद्ध अन्य सबै नेपाली बलरले कमजोर प्रर्दशन गर्दा बोहोराले उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिएका थिए । गत माघमा तीन टि२० सिरिज यूएईलाई २-१ ले हराउँदै ऐतिहासिक सिरिज जित्दा बोहोराको प्रर्दशन महत्वपूर्ण थियो । डेर्थ ओभरमा उत्कृष्ट बलरको छबि बनाएका अभिनाशले आफ्नो उत्कृष्ट प्रर्दशन गर्दै जिम्बावेलाई निराश बनाउन सक्छन् ।
१. पारस खड्का(कप्तान)
कप्तान पारस खड्का छन् र त नेपाली क्रिकेट यो स्थानमा छ । पारसलाई नेपाली क्रिकेटमा एकल योद्धा अर्थात ‘वान म्यान आर्मी’ भन्ने गरिन्छ । नेपालको जितमा पारसको प्रर्दशन सधैं निर्णायक हुने गर्दछ । पारसको कमजोर प्रर्दशनमा नेपालले विरलैमात्रमा जित निकालेको छ । नेपाली क्रिकेटमा बनेका अधिकाम्स कीर्तिमान पारसकै नाममा छन् । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जिम्बावेसँग पारस १८ रनमा आउट भएका थिए । दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले पराजित गर्न पारसले ५२ बलमा ९ छक्का र ७ चौका प्रहार गर्दै १ सय ६ रनमा अविजित रहेका थिए। पारस टि२० मा शतक प्रहार गर्ने नेपालको पहिलो ब्याट्सम्यान हुन् । लक्ष्य पछ्याउदा शतक प्रहार गर्ने पारस विश्वको पहिलो कप्तान पर्दछन् ।
सिंगापुर भ्रमणमा नेपालबाट पारस सर्वाधिक अनुभबी खेलाडी समेत हुन् । बलिङ र ब्याटिङ दुबैमा चम्किँने पारसको उत्कृष्ट प्रर्दशन विना नेपालको जित कठिन देखिन्छ । पारसले २१ टि२० आई इनिङमा १ शतक र ३ अर्ध शतक सहित कुल ६ सय ३१ रन बनाएका छन् । पारस पछिल्लो समय उत्कृष्ट लयमा छन् । पारसले पछिल्लो ७ खेलमा क्रमशः ८६,२३,२८,६८, १२,१८ र १ सय ६ रन जोडेका छन् । पारसले आफ्नो उत्कृष्ट इनिङमा विशाल योगफल बनाउन र सहज जित पक्का गर्न सक्छन् । पारसको उत्कृष्ट प्रर्दशनमा नेपालले जिम्बाबेलाई निराश बनाउन सक्छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]