5 years ago
October 1, 2019
एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइच इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अक्सन आगमी डिसेम्बरमा हुने भएको छ । भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई) ले यस पटक डिसेम्बर १९ मा कोलकतामा अक्सन गर्ने जनाएको छ । यसअघि अक्सन गर्दै आएको बेंगलोरमा यस पटक नगर्ने भएको छ । यस पटक बीसीसीआईले कोलकतामा गर्ने जनाएको छ ।
आईपीएलमा एउटा खेलाडीको सम्झौता ३ वर्षको हुने गर्दछ । त्यसैको कारण सन् २०१८ भएको अक्सनको यो खेलाडीको लागि अन्तिम सिजन समेत हो । सन् २०२१ मा कुनै पनि फे्रन्चाइज टोलीले पुरै टोली नयाँ बनाउन सक्छ । यस पटक आफ्नो टिममा रहेका खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने हुने छ ।
अक्सनमा सबै भन्दा बढी खर्च गर्न पाउने बाँँकी पैसा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्ससँग रहेको छ । दिल्लीसँग भारतीय ८.२ रुपैयाँ करोड छ । राजस्थान रोयल्ससँग ७.१५ करोड,कोलकता नाइट राइडर्स ६.०५ करोड,सनराइज हैदराबादसँग ५.३ करोड,किंग्स इलाभेन पन्जावसँग ३.७ करोड,चेन्नइ सुपर किंग्स ३.२ करोड, मुम्बई इन्डियन्ससँग ३.०५ र रोयल च्यालेन्जर्स बेंग्लोरसँग अक्सनमा १.८ करोड भारतीय रुपैयाँ खर्च गर्न पाउने रकम रहेको जनाईएको छ ।
अन्य खेलाडीझैं लेग स्पिनर सन्दीप लामिछानेसँग दिल्ली क्यपिटल्सको यो अन्तिम वर्षको सम्झौता हो । दिल्लीले सन्दीपलाई सन् २०१८ मा २० लाख भारतीय रुपैयाँमा तीन वर्षको लागि अनुबन्ध गरेको थियो । दिल्लीले रिटेन गरेको खण्डमा सन्दीपले २० लाख वा आपसी सम्झौतामा सन्दीपको पारिश्रमक बढ्न सक्ने छ । यस सिजिनमा अन्य केहि नेपाली अक्सनमा पर्न सक्ने अनुमान गरिएको छ ।
यता दिल्लीले सन्दीपलाई रिटेन गर्ने संभावना पनि रहन्छ । दिल्ली क्यापिटल्समा चार लेग स्पिनर छन् । दिल्लीले केहि महिना अघि मुम्बई इन्डियन्सका लेग स्पिनर मंयक मारकन्डेलाई टिममा भित्र्याएको छ । वेस्ट इन्डिजका अलराउण्डर शरफेन रदरफोर्डलाई मुम्बईमा पठाउँदै मारकन्डेलाई टोलीमा भित्र्याएको थियो। मारकन्डेसँगै सन्दीप,अमित मिश्रा र राहुल तेवतिया दिल्लीका लेग स्पिनर हुन् । दिल्लीले किंग्स इलाभेन पञ्जावका अफ स्पिनर तथा कप्तान रविचन्द्र आश्विनलाई पनि भित्र्याउन खोजि रहेको भारतीय मिडियाले बताएका छन् । सन् २०१८ मा ३ खेलमा मात्रै मौका पाएका सन्दीपले गत संस्करणमा ६ खेल खेल्दा अन्य सबैमा बेन्चमा बस्नु परेको थियो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]