5 years ago
October 1, 2019
एजेन्सी – युवा ब्याट्सम्यान बाबर आजमको शतक र उस्मान शिनवारीको पाँच विकेटमा श्रीलंकासँगको दोस्रो वान डे खेलमा घरेलु टोली पाकिस्तान विजयी भएको छ ।
सोमबार राती सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ६७ रनले पराजित गरेको हो । ३ सय ६ रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.५ ओभरमा अल आउट हुँदै २ सय ३८ रनमा समेटियो ।
श्रीलंकाका लागि शेहान जयसूर्याले १ सय ९ बलमा ७ चौका र १ छक्का सहित ९६ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । ४१ ओभरको पाँचौ बलमा उस्मान शिनवारीले कप्तान शरफराज अहमदबाट क्याच आउट गराएपछि करिअरको पहिलो शतक बनाउन चार रनले चुकेका थिए । दासुन शनाकाले ८० बलमा ६ चौका र २ छक्का सहित ६८ रन जोडे ।
एक समय १०.१ ओभरमा २८-५ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई जयसूर्या र शनाकाले ४०.५ ओभरसम्म १ सय ७७ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै लज्जास्पद फराकिलो हारबाट बचाएका थिए । वानिन्दु हसरंगा ३० रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । पाकिस्तानका लागि उस्मान शिनवारीले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ५ विकेट लिदै म्यान अफ द म्याच चुनिए । सादब खान २,इमाद वासिम,वहाब रियाज र मोहम्मद आमिरको नाममा समान १ विकेट रह्यो ।
त्यस अघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजमले १ सय १५ रनको शतकीय योगदान दिए । बाबरले १ सय ५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । ओडीआई क्रिकेट करिअरमा बाबरको यो ११ औं शतक पर्दछ ।
ओपनर फखर जमानले ६५ बलमा ६ चौका र १ छक्का सहित ५४, इमाम उल हक ३१,हरिस सोहेल ४०,इमाद वासिम १२ र कप्तान शरफराज अहमद ८ रनमा आउट भए । तल्लोक्रममा इफ्तिखार अहमद २० बलमा समान २ चौका र छक्का सहित ३२ रनमा नट आउट रहे । श्रीलंकाका वानिन्दु हसरंगाले २ विकेट लिदा लाहिरु कुमारा र इसुरु उडनाको नाममा १-१ विकेट रह्यो ।
योसँगै तीन ओडीआई सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ । पहिलो खेल भारी वर्षाको कारण रद्ध भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार हुुने छ ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]