5 years ago
September 30, 2019
एजेन्सी – युवा खेलाडी बाबर आजमले उत्कृष्ट शतक प्रहार गरेसँगै घरेलु टोली पाकिस्तानले तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई ३ सय ६ रनको लक्ष्य दिएको छ ।
नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । पाकिस्तानका लागि बाबर आजमले १ सय १५ रनको उत्कृष्ट शतकीय इनिङ खेले । लाहिरु कुमाराको ४६ ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि बाबरले १ सय ५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । बाबरको यो ११ औं ओडीआई शतक हो ।
त्यस्तै ओपनर फखर जमानले ६५ बलमा ६ चौका र १ छक्का सहित ५४ रनको योगदान दिए । इमाम उल हक ३१,हरिस सोहेल ४०,इमाद वासिम १२ र कप्तान शरफराज अहमद ८ रनमा आउट भए । तल्लोक्रममा इफ्तिखार अहमद २० बलमा समान २ चौका र छक्का सहित ३२ रनमा अविजित रहे । श्रीलंकाका वानिन्दु हसरंगाले २,लाहिरु कुमारा र इसुरु उडनाको नाममा समान १ विकेट रह्यो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]