5 years ago
September 29, 2019
एजेन्सी – त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरले टेष्ट टोली जिम्बावेलाई ४ रनले हराउँदै ऐतिहासिक जित हात पारेको छ ।
टस जितेर ब्याटिङ थालेको सिंगापुरले १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । वर्षाको कारण खेल १८ ओभरमा झारिएको थियो । टिम डेविड र विकेटकीपर मनप्रित सिंहले समान ४१ रन जोडे । डेविडले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै ओपनर रोनह रंगराजनले ३९,सुरेन्द्रन चन्द्रमोहन २३ र जनक प्रकाशले १० रन जोडे । जिम्बावेका रेयान बर्लले ३ र रिचर्ड नगराभाले २ विकेट लिए ।
१ सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । उसका लागि ओपनर रिजेश चकवाले १९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४८ रन जोडे । कप्तान सन विलियम्सले ३५ बलमा समान ५ चौका र छक्काका साथ ६६ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । हारका बाबजुद विलियम्स म्यान अफ द म्यान चुनिए । तिनोटेन्डा मुताम्बोडजीले ३२ रन जोडे । सिंगापुरका कप्तान अज्जाद महबुब र जनक प्रकाशले समान २ विकेट लिए ।
पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो । नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ । सबै टोलीको समान २-२ अंक भएपनि नेपाल रनरेटका आधारमा शीर्षस्थानमा छ ।
अक्टोबर १८ देखी नोभेम्बर २ सम्म यूएईमा चल्ने विश्वकप छनोट अघि सिंगापुरले त्रिकोणात्मक सिरिज आयोजना गरेको हो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]