5 years ago
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काको ऐतिहासिक शतकमा नेपालले त्रिकोणात्मक सिरिजमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालको जितमा कप्तान पारस खड्का ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहे । त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । पारसको ऐतिहासिक शतकसँगै एकै खेलमा नेपालले थुप्रै कीर्तिमान बनाएको छ ।
६. उच्च लक्ष्य पूरा
नेपालले टि२० आईमा सिंगापुरलाई हराउँन १ सय ५२ रनको लक्ष्य पुरा गर्यो । जुन टि२० आईमा नेपालले पुरा गरेको उच्च लक्ष्यमा पर्दछ । यस अघि नेपालले गत महिना सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा कुवेतले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य पुरा गरेको थियो । जुन नेपालले टि२० आईमा पुरा गरेको उच्च लक्ष्य थियो ।
५. सर्वाधिक ठूलो जित
नेपालले १ सय ५२ रनको लक्ष्य पुरा गर्न मात्र १ विकेट गुमाउँदै पुरा गर्यो । अर्थात ९ विकेटको जित हात पार्यो । जुन टि२० आईमा नेपालले हात पारेको विकेटका हिसाबले सर्वाधिक ठूलो जित हो । यस अघि सर्वाधिक ठूलो जित गत महिना आईसिसि एसिया टि२० विश्वकप छनोटमा कुवेतमाथि ७ विकेट रहेको थियो ।
४. सर्वाधिक छक्का
कप्तान पारस खड्काले शतकीय इनिङ खेल्न ९ छक्का प्रहार गरे । टि२० आईमा नेपालको तर्फबाट एकै खेलमा कुनै पनि ब्याट्सम्यानले प्रहार गरेको यो सर्वाधिक छक्का समेत हो । यस अघि पारस र विनोद भण्डारीले मलेसियाविरुद्ध समान ५–५ छक्का प्रहार गरेका थिए
३. पहिलो पटक शतकीय र उच्च साझेदारी
तेस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले १ सय ४५ रनको अविजित शतकीय साझेदारी गरे । टि२० मा नेपालको पहिलो शतकीय साझेदारी हो । यस अघि टि२० आईमा नेपालले सन् २०१४ मा बंगलादेशविरुद्ध पारस र शरद भेषवाकरले चौथो विकेटका लागि गरेको ८५ रनको साझेदारी उच्च रहँदै आएको थियो ।
२. टि२० मा पहिलो शतक
कप्तान पारस खड्का नेपालबाट टि२० इतिहासमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । यस अघि पारसले गत जुलाईमा मलेसियाविरुद्ध ८६ रनमा अविजित रहँदै टि२० आईमा नेपालको तर्फबाट एकै खेलमा उच्च रन बनाउने खेलाडी बनेका थिए । टि२० मा भने महबुब आलमले सन् २०११ मा साउदी अरेयिबासँग ८८ रन बनाएका थिए । जुन उच्च थियो ।
१. ओडीआईमा र टि२० दुवैमा शतक
कप्तान पारस खड्काले अर्को दुर्भल कीर्तिमान रचेका छन् । टि२० आईमा र अन्तर्राष्ट्रिय एकदिवसिय (ओडीआई) मा नेपालबाट शतक प्रहार गर्ने पहिलो र एक्लो खेलाडी बनेका छन् । दुवै फर्म्याटमा शतक प्रहार गर्ने पारस नेपालबाट एक्लो र पहिलो ब्याट्सम्यान हुन् । पारस बाहेक अन्य कुनै पनि नेपाली खेलाडीले टि२० र ओडीआई शतक प्रहार गर्न सकेका छैनन् ।
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]