5 years ago
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान इशान पाण्डेले राष्ट्रिय टोलीमा डेब्यू छन् । सिंगापुरमा जिम्बाबेसँग पहिलो खेलमा डेब्यू गरेका हुन् । इशान नेपालबाट टि२० आई खेल्ने २६ औं खेलाडी हुन् ।
शुक्रबारको खेलमा इशान कप्तान पारस खड्कासँग ओपनरको रुपमा मैदान उत्रेका थिए । डेब्यूको दोस्रो बलमा चौका प्रहार गरे पनि इशानले लगातार अन्य बलमा डट खान पुगे । तेन्दाइ चतराको दोस्रो ओभरको अन्तिम बलमा लामो सट खेल्ने धुनमा थर्ड म्यानमा क्याच आउट हुन अघि उनले ८ बलमा ४ रन बनाए । इशान सन् २०१६ मा बंगलादेशमा भएको यू१९ विश्वकपमा नेपाली टोलीमा विश्वकपमा कुनै परेका थिए । त्यसपछि केहि समय उनि क्रिकेटबाट अलि टाढा रहे जस्तै भए ।
गत प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित प्रदेश ३ बाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । सेमिफाइनल खेलमा त्रिभुवन आर्मीविरुद्ध १ सय १७ बलमा ३ चौका र ४ छक्का सहित ७९ रनको इनिङ खेल्दै सिनियर टोलीमा संभावना बलियो बनाएका थिए ।
यो पनि पढ्नुहोस् : क्रिकेटर अनि डाक्टर : दोहोरो सपना सकार्दै इशान
प्रत्यक्ष प्रसारण :
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]