default_image

5 years ago

September 24, 2019

दक्षिण अफ्रिकासँग खेल्नु अघि भारतलाई धक्का

75 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन टेष्ट सिरिज अघि घरेलु टोली भारतलाई धक्का लागेको छ । खुट्टामा चोटका कारण तीब्र गतिका बलर जसप्रित बुमराह दक्षिण अफ्रिकासँगको टेष्ट सिरिजबाट बाहिरिएको भारतिय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले जनाएको छ ।

 

बुमराहको स्थान उमेश यादवले लिएको बीसीसीआईले एक ट्वीट गर्दै जनाएको छ । पहिलो टेष्ट २ अक्टोबर देखी सुरु हुने छ । दोस्रो १० र अन्तिम तथा तेस्रो टेष्ट अक्टोर १९ देखी सुरु हुने छ । योर्करका माहिर बुमराहको अभाव भारतको बलिङ यूनिट केहि कमजोर हुने अनुमान गरिएको छ।

भारत र दक्षिण अफ्रिकाबीच तीन टि२० सिरिज १-१ को बराबरीमा सकिएको थियो । पहिलो टि२० खेल बर्षाको कारण रद्ध हुँदा दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । अन्तिम टि२० खेलमा भारतलाई दक्षिण अफ्रिकाले ९ विकेटले पराजित गरेको थियो ।

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]

February 28, 2025

सेमिफाइनल प्रवेशका लागि अफगानिस्तान र अष्ट्रेलिया भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ। आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ। हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। […]

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

Success

Thank you for your time.