default_image

5 years ago

September 22, 2019

डी कक चम्कदा भारतमाथि दक्षिण अफ्रिकाको  जित

118 views

0 Bookmark

एजेन्सी – कप्तान क्विन्टन डी ककको उत्कृष्ट अविजित अर्ध शतकसँगै तेस्रो तथा अन्तिम टि२० खेलमा दक्षिण अफ्रिकाले भारतमाथि सानदार जित निकालेको छ । पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले पराजित गर्दै तीन टि२० सिरिज १-१ को बराबरीमा सकाएको छ ।

१ सय ३५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । दक्षिण अफ्रिकाको सहज जितमा कप्तान तथा ओपनर क्विन्टन डी ककले ५२ बलमा ६ चौका र ५ छक्का सहित ७९ रनमा अविजित रहे । योसँगै डी ककले आफ्नो दोस्रो टि२० कप्तानीमा दक्षिण अफ्रिकालाई पहिलो जित दिलाउन सफल भएका छन् ।

अर्का ओपनर रिजा हेन्ड्रिक्सले २६ बलमा ४ चौका सहित २८ रनमा क्याच आउट भए । तेम्बा बभुमा २३ बलमा २ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । भारतका लागि एक मात्र विकेट हार्दिक पान्ड्याले लिए । अन्य सबै बलर दक्षिण अफ्रिका ब्याट्सम्यान सामुनिरिह रहे ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । भारतका लागि ओपनर शिखर धवनले २५ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । ऋषभ पन्त र रविन्द्र जडेजाले समान १९ तथा हार्दिक पान्ड्याले १४ रन जोड्दा अन्यको प्रर्दशन सम्झन योग्य रहेन ।

भारतका ७ ब्याट्सम्यान दोहोरो अंकमा रन छुन नपाई पेभिलिएन फर्केका थिए । ओपनर रोहित शर्मा र कप्तान विराट कोहली समान ९ रनमा क्याच आउट भए । दक्षिण अफ्रिकाका लागि युवा तीब्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । बेयूरन हेन्डिक्स र बीज्रोन फोर्टुइनले समान २ विकेट लिए । तरबेज शम्सीको नाममा १ विकेट रह्यो । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.