default_image

5 years ago

September 9, 2019

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाद्वारा एसेज ट्रफी रक्षा

120 views

0 Bookmark

एजेन्सी – एसेज सिरिजको चौथो टेस्टमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ८५ रनले हराएको छ । यो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ । यससँगै अष्ट्रेलियाले एसेज ट्रफी रक्षा गरेको छ ।

इंग्ल्यान्ड अन्तिम दिन ९१.३ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि फराकिलो हार बेहोरेको हो । इंग्ल्यान्डका लागि ओपनर जो डेनली ५३, जेसन रोय ३१, जोनी बेयरस्टो २५ र जस बटलर ३४ रनमा आउट भए । अष्ट्रेलियाको जितमा प्याट कमिन्सले ४,जोसन हेजलवुड र नाथन लायनले समान २ विकेट लिए । मिचेल स्टार्कको नाममा १ विकेट रह्यो ।

स्टिम स्मिथले ३ सय १९ बलमा २४ चौका र २ छक्का सहित २ सय ११ रन जोडेपछि अष्ट्रेलियाले पहिलो इनिङमा ४९७-८ को समाप्तीमा इनिङ समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङमा इंग्ल्यान्ड ३ सय १ रनमा अल आउट भएपछि १ सय ९६ रनले पछि परेको थियो ।

पहिलो इनिङमा इंग्ल्यान्डका कप्तान जो रुट ७१ र रोय ब्रुन्सले ८१ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका जोश हेजलवुड ४,मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए । स्मिथले पुन ८२ रनको योगदान दिएपछि १८६–६ को अवस्थामा अष्ट्रेलियाले दोस्रो इनिङको समाप्ती गर्दै इंग्ल्यान्डलाई ३ सय ८३ रनको लक्ष्य दिएको थियो ।

पहिलो खेलमा अष्ट्रेलियाया विजयी हुँदा दोस्रो खेल ड्र भएको थियो । त्यस्तै तेस्रो खेलमा इंग्ल्यान्डले जितेको थियो । अन्तिम तथा पाँचौ टेष्ट १२ सेप्टेम्बर देखी सुरु हुने छ ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.