5 years ago
September 9, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली स्पिनर सन्दीप लामिछानेले बार्बाडोस ट्राइडेन्ट्सको पहिलो खेलमा मात्र १ ओभर बलिङ पाएका छन् ।
गुयना एमेजेन वारीयर्सविरुद्ध खेलमा सन्दीपले १ ओभर बलिङ गर्दै ५ रन खर्चेका हुन् । इनिङको छैटौं ओभर बलिङ गर्न आएका सन्दीपले कसिलो बलिङ गरेपनि त्यसपछि भने बलिङ गर्न पाएनन् । कप्तान जेसन होल्डरले उनलाई मौका नदिँदा विभिन्न प्रश्न उठेको छ । खेलदौरान केहि समय उनी बलिङ गरेपछि मैदानबाहिर पनि रहेका थिए ।
कमेन्टेटरका अनुसार उनको शारिरिक हलचल हेर्दा सामान्य चोट रहेको हुनसक्ने बुझिएको छ । यद्यपि यकिन भने हुन सकेको छैन । कप्तान होल्डरले गुयानामा धेरै देब्रे हाते ब्याट्सम्यान भएकाले पनि उनलाई प्रयोग गर्ने जोखिम नलिएको हुन सक्छ । सन्दीपले बलिङ नगर्दा बार्बाडोसलाई घाटा भने पुग्यो । अन्य बलरले धेरै रन खर्चेपछि गुयानाले बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
गुयानाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पारेको छ । गुयानाका चन्द्रपल हेमराजले ६३ रन तथा निकोलस पुरनले अविजित ६१ रन जोडे । पुरनले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गरे । बार्बाडोसका ३ बलरले ४ ओभरमा ३५ रन भन्दा बढी खर्चिए ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]