default_image

5 years ago

September 8, 2019

पवनको अर्ध शतक पुरा

126 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर पवन सरार्फले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशविरुद्ध अर्ध शतक पुरा गरेका छन् । पवनले ७९ बलमा ५ चौका र १ छक्का सहित ५० रन पुरा गरेका हुन् । पवनको अर्धशतकसँगै टस हारेर ब्याटिङ गरि रहेको नेपालले ३१ ओभरमा १ सय २५ रन बनाउन ३ विकेट गुमाएको छ ।

रोहित कुमार पौडेल ५ रनमा अविजित छन् । पहिलो विकेटका रुपमा १४ ओभरको पाँचौ बलमा ओपनर रित गौतम ३२ रनमा बोल्ड आउट भए । रितले ५३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि रित र पवन सरार्फले ४५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए ।

१७ ओभरको अन्तिम बलमा आशिफ शेख १२ बलमा ३ रनमा क्याच आउट भए । आक्रमक शैलीमा प्रस्तुत भएका कुशल मल्ल २७ ओभरको पाँचौ बलमा २८ रनमा क्याच आउट भए । ठूलो सटको धुनमा क्याच आउट हुनुअघि कुशलले ३२ बलमा ३ छक्का र १ चौका प्रहार गरे ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.