default_image

5 years ago

September 5, 2019

टेष्ट क्रिकेटमा रासिदको कीर्तिमान

53 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानका लेग स्पिनर तथा कप्तान रासिद खानले टेष्ट क्रिकेटमा कीर्तिमान रचेका छन् । बंगलादेशसँगको पहिलो टेष्टमा बिहीबार टस जितेर ब्याटिङ रोज्दा रासिदको नाममा नयाँ विश्व कीर्तिमान बनेको हो ।

रासिद टेष्टमा सबै भन्दा कम सानो उमेरमा कप्तानी गर्ने खेलाडी बनेका छन् । रासिद बंगलादेशविरुद्ध कप्तानको रुपमा मैदान उत्रदा २० वर्ष ३ सय ५० दिन थिए ।

यस अघि टेष्टमा सर्वाधिक कम उमेरमा कप्तानको रेकर्ड जिम्बाबेका टटेन्डा टायबू २० वर्ष ३ सय ५८ दिनमा गरेका थिए । विश्वकपमा खराब प्रर्दशनसँगै अफगानिस्तानले रासिदलाई तीनै फ्रम्र्याट टेष्ट, एक दिवसिय र टि ट्वान्टीको कप्तानको जिम्मेवारी दिएको थियो ।

January 30, 2025

महावीर र ग्रेट हिमालयनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – महावीर ए.एल.एस सेन्टर र ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् । मुलपानी क्रिकेट मैदानमा महावीरले ओएसिस क्रिकेट एकेडेमी र ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई पराजित गरे । बिहीवारको दोस्रो खेलमा महावीरले ओएसिसविरुद्ध १ सय रनको फराकिलो जित दर्ता गर्यो । २ […]

January 30, 2025

बर्खा स्मृति क्रिकेटः बिर्तामोड र भद्रपुरले फाइनल खेल्ने

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्। आज भएको सेमिफाइनलमा बिर्तामोडले गौरादह नगरपालिकालाई र भद्रपुरले मेचीनगर नगरपालिकालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङको गरेको गौरादहले १ सय ७८ रन बनाएको थियो । […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

Success

Thank you for your time.