5 years ago
September 5, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्वारेवियन प्रिमियर लिग २०१९ खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीप बुधबार वेस्ट इन्डिज पुगिसकेका छन् ।
सन्दीप सम्मिलित बार्बाडस ट्राईडेन्टसले सन्दीपको तस्विर सार्वजनिक गरेको छ । सीपीएल बुधबारदेखि सुरु भएको छ । पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ११ रनले हराउँदै विजयी सुरुवात गरेको छ । सन्दीप सम्मिलित बार्बाडसले पहिलो खेल आईतबार राती गुयाना वारियर्ससँग खेल्ने ।
सेप्टेम्बर ३० सम्म लिग चरणका खेल चल्ने छन् । लिग चरणपछि शीर्ष चार टोली प्ले अफ पुग्ने छन् । अक्टोबर ६ मा पहिलो क्वालिफायर तथा एलिमिनेटर खेल हुने छ । अक्टोबर ८ मा दोस्रो क्वालिफायर हुने छ । फाईनल अक्टोबर १२ मा हुने छ । सीपीएलमा ६ फ्रेन्चाइज टोली रहेका छन् ।
सन्दीपलाई गत जेठमा बार्बाडसले ड्राफ्टमा पाँचौ राउण्डमा अनुबन्ध गरेको थियो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिँदा उदीयमान प्रतिभा घोषित भएका थिए । जसमा पारिश्रमीक ५ हजार अमेरिकी डलर थियो ।
एकै वर्षमा सन्दीपको पारिश्रमीकमा १४ गुणा बढेको हो । ७० हजार अमेरिकी डलर सन्दीपले अन्तर्राष्टिय फ्रेन्चाइज लिगमा प्राप्त गरेको हालसम्मकै उच्च पारिश्रमीक हो । सन्दीपको टोली बार्बाडसमा एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली, इमाद वासिम, वाहब रियाज, एश्ले नर्श, शाई होप लगायतका स्टार खेलाडी रहेका छन् ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]