5 years ago
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कपको लागि श्रीलंकामा रहेको नेपाली यूवा टोली तेस्रो अभ्यास खेलमा चिलाव मारियन्ससँग ८९ रनले पराजित भएको छ ।
जितमा लागि २ सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.३ ओभरमा अल आउट हुँदै १ सय ३५ रनमा समेटियो । नेपालको लागि विकेटकीपर आशिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए । ३१ ओभरको तेस्रो बलमा आशिफ एलबी आउट हुन पुगे । भिम सार्की २६ रनमा क्याच आउट भए । नेपालले तेस्रो ओभरको पहिलो बलमा ओपनर पवन सरार्फलाई १२ रनमा गुमाएको थियो ।
त्यस्तै अर्का ओपनर रित गौतम २५ रनमा आउट भए । १९ ओभरको तेस्रो बलमा कप्तान रोहित कुमार पौडेल २ र चौथो बलमा सन्दीप जोरा शुन्यमा आउट भएसँगै नेपालको जित कठिन बनेको थियो । हरि वहादुर चौहान ४ र राशिद खान डक आउट भए ।
त्यस अघि टस हारेर ब्याटिङ थालेको मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो । राम्रो सुरुवात गरेको मारियन्सले १२.३ ओभरमा ओपनर दुसानलाई २६ रनमा गुमाएको थियो । दुसानलाई सुर्य तामाङले पेभिलिएन फर्काउँदै नेपाललाई पहिलो सफलता दिलाए । नेपाललाई दोस्रो सफलता सागर ढकालले दिलाए । ३९.२ ओभरमा नेपाललाई पवन सरार्फले सफलता दिलाएका थिए ।
नेपालका लागि सिनियर टोलीबाट खेली सकेका अलराउन्डर पवन सरार्फले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । त्यस्तै सुर्य तामाङले २,सागर ढकाल,कमलसिंह ऐरी,राशिद खानको नाममा समान १ विकेट रह्यो ।
नेपाल पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच छुट्दा एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने बादुरेलिया सीसीलाई ८० रनले पराजित गरेको थियो । सेप्टेम्बर ५ देखि १४ सम्म चल्ने एसीसी यू१९ एसिया कपमा नेपाल रहेको समुह बी मा दुई टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् ।
समुह ए मा भारत, पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ । नेपाल टेष्ट राष्ट्रलाई पराजित गर्दै सेमिफाइनल पुग्ने लक्ष्य सहित भदौं ७ मा श्रीलंका लागेको थियो ।
February 19, 2025
एजेन्सी – ओपनर विल योङ र टोम लाथमको शतक प्रेरित न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानलाई ३ सय २१ रनको लक्ष्य दिएको छ । पाकिस्तानको कराँचीस्थित नेशनल क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २० रनको बलियो योगफल तयार गरेको हो । न्युजिल्याण्डका लागि […]
February 19, 2025
हिमाल खरेल,बिर्तामोड आयोजक भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा प्रताप राईको निर्णायक गोलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४-३ ले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।