6 years ago
August 29, 2019
भूपेन्द्र जिसी, काठमाडौं
एक महिनाअघि सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गरेपछि नेपालको विश्वकप खेल्ने सपना ग्लोबल छनोटमा पुग्न नपाउँदै तुहियो । नेपालभन्दा कमजोर टोलीविरुद्ध स्तरअनुसार प्रर्दशन गर्न नसकेको भन्दै नेपाली टोलीको चर्को आलोचना पनि भयो ।
टि२० वरियतामा ११ औं स्थानमा रहेको नेपाल २१ औं स्थानमा रहेको सिंगापुर र २२ औं स्थानमा रहेको कतारसँग पराजित भएपछि टोलीको व्यवस्थापनदेखि खेलाडी छनोट लगायत धेरै पक्षमा सुधार गर्नुपर्ने आवाज उठ्न थालेको छ । भविष्यलाई ध्यानमा राख्दै आगामी प्रतियोगिता र सिरिजमा नेपाली टोलीमा केहि परिवर्तन हुने सम्भावना प्रबल छ ।
नेपालले अब आगामी अक्टोबर पहिलो साता ओमानमा पाँच देश सहभागि टि२० प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । उक्त सिरिज नेपालको लागि प्रतिष्ठाको लडाईंमात्रै हुनेछ । सिंगापुरको प्रर्दशनले वरीयताले खासै फरक नपार्ने प्रष्टाउछ । जितको लागि जस्तो सुकै बलियो टोलीले वरीयता होइन मैदानमा उत्कृष्ट प्रर्दशन गर्न सक्नुपर्छ । आगामी प्रतियोगिता नेपाललाई नतिजाको हिसाबले गुमाउनु केहि छैन । तर सुधारको लागि राम्रो अवसर हुनसक्छ । त्यसैले टोलीमा केहि फेरबदल गर्दै कप्तान पारस खड्काले युवा खेलाडीलाई मौका दिन सक्छन् ।
ओमानको मैत्रीपूर्ण सिरिजअघि नेपालको यू१९ टोलीले श्रीलंकामा एसीसी यू१९ एसिया कप खेल्दैछ । एसिया कपमा टेष्ट राष्ट्रलाई निराश बनाउने सोचसहित नेपाल भाद्र ७ मा श्रीलंकातर्फ पुगीसकेको छ । यस प्रतियोगिता युवा खेलाडीको लागि त्यतिनै महत्वपूर्ण देखिन्छ ।
नेपाल सहज समुहमा
सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा चल्ने प्रतियोगितामा समुह बी मा नेपाल सहित दुई टेष्ट राष्ट्र श्रीलंका, बंगलादेश र युएई छन् । समुह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । तुलानात्मक रुपमा नेपाल रहेको समुह सहज देखिन्छ ।
नेपालको लक्ष्य अब सन् २०२१ मा भारतामा हुने टि२० विश्वकप रहने छ । त्यसअघि नेपालले युवा खेलाडी तयार पार्न थाल्नुपर्छ । नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा रहेको अवस्थामा युवा खेलाडीलाई सिनियर टोलीमा मौका दिने आधार भनेकोनै उमेर समुह र घरेलु प्रतियोगिताको प्रर्दशन हो । त्यसैले पनि यू१९ टोलीका खेलाडीलाई एसिया कपको प्रर्दशन करिअरको निर्णायक हुन सक्छ । सन् २०१७ मा भारतलाई हराउँदै सनसनी मच्चाएको नेपालले यस पटक पनि त्यस्तै नतिजा दोहोराउने लक्ष्य राखेको छ ।
बलियो मनोबल, कमजोर तयारी!
गत जुलाईमा मलेसियामा सम्पन्न एसीसी यू१९ इस्टर्न रिजनको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको नेपाली युवा खेलाडीको मनोबल उच्च छ । फाइनलमा हङकङलाई ६ विकेटले हराउँदा सिंगापुर र चीनलाई सहजै पराजित गरेको थियो । तर एसिया कपमा भने नेपालको तयारी कमजोर देखिन्छ । टेष्ट राष्ट्रलाई हराउने लक्ष्य राखेको नेपालले स्वेदशमा २ हप्तामात्रै प्रशिक्षण गरि अन्तिम टोली घोषणा गरेको थियो । श्रीलंकामा १० दिन अभ्यासको क्रममा स्थानिय टिमसँग पनि प्रतिस्पर्धा गर्ने छ । जुन टेष्ट राष्ट्रलाई हराउन प्रयाप्त देखिदैन ।
प्रतियोगिताको तयारीका क्रममा श्रीलंकाले पाकिस्तासँग ५ अभ्यास खेल खेलि सकेको छ । त्यस्तै पाकिस्तानले एसिया कपको तयारी स्वरुप श्रीलंका र दक्षिण अफ्रिकासँग गरि १२ अभ्यास खेल खेलेर आफ्नो टोली घोषणा गरेको थियो । भारतले बंगलादेश र इंग्ल्यान्डसँग त्रिकोणात्मक सिरिजसँगै न्युजिल्यान्डसँग पनि अभ्यास खेल खेलि सकेको छ । अरु देशले पनि राम्रो तयारी गरेका छन् । अन्य टोलीले आफ्नो अन्तिम टोली घोषणा गर्दा नेपालले भने बल्ल प्रशिक्षण थालेको थियो । नेपालको कस्तो तयारी गर्यो भन्ने यहिबाट प्रष्ट हुन्छ ।
खेलाडीलाई ठूलो अवसर
कुनै पनि देशको सिनियर टोलीको बेन्च स्ट्रेन्थ मापन गर्ने स्थान उमेर समुह नै हो । हाल सिनियर टोलीमा रहेका अलराउन्डर दिपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, पवन सरार्फ र लेग स्पिनर सन्दीप लामिछाने उमेर समुहबाट उदाएका खेलाडी हुन् । भारतका कप्तान विराट कोहली, युवराज सिंह, न्युजिल्यान्डका कप्तान केन विलियमसन, इंग्ल्यान्डका कप्तान इओन मोर्गन लगायत विश्वमा प्राय स्टार खेलाडी उमेर समुहबाटै आएका हुन् ।
सन् २०१६ मा एसिया कपमा दीपेन्द्रले घरेलु टोली श्रीलंकासँग ९० रनको उत्कृष्ट इनिङ खेल्दै सबैको मन जितेका थिए । सन् २०१७ मा भारतविरुद्ध ८८ रनको उत्कृष्ट इनिङ खेल्दै सिनियर टोली स्थान पक्का गरे । श्रीलंकामा नै सन् २०१६ को एसिया कपमा रोहितले अन्तिम ओभरमा भारतीय तीब्र गतिका बलर कमलेश नगरकोटीलाई २ छक्का र ३ चौका सहित २४ रन बटुलेपछि उनलाई सिनियर टोलीको ढोकासहज बनेको थियो । उक्त खेलमा रोहितले ९३ बलमा ७ चौका र २ छक्का सहित ६८ रनको अविजित उत्कृष्ट इनिङ खेलेका थिए ।
राष्ट्रिय टोलीमा पर्न उमेर समुहमा राम्रो प्रर्दशन गरेर मात्रै पुग्दैन टोलीमा उक्त पोजिशनको आवश्यकता पनि हुनुपर्छ । यस पटक टोलीको विभिन्न पोजिसन खुल्ला देखिन्छ । त्यसैले एसिया कपको प्रर्दशन युवा खेलाडीलाई निर्णायक बन्न सक्छ ।
अनुभवी खेलाडीको बाहुल्यता
यस पटक यु१९ टोलीमा अनुभवी खेलाडीको बाहुल्यता छ । तीव्र गतिका बलर कमलसिंह ऐरी, कप्तान रोहित कुमार पौडेल, ओपनर आशिफ शेख, अलराउन्डर पवन सरार्फ, सन्दीप जोरा र भीम सार्की पछिल्लो तीन वर्ष यता यू१९ टोलीबाट खेल्दै आएका छन् । पवन, रोहित र सन्दीपसँग सिनियर टोलीको समेत अनुभव छ ।
यी खेलाडीसँगै सुर्य तामाङ, राशिद खान, कुशल मल्ल, सागर ढकालमा पनि यू१९ र घरेलु फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टोलीको ढोका ढक्ढकाई रहेका छन् । प्रतिस जिसी, खडक बोहरा र लोकेश बम पनि एसिया कपमा उत्कृष्ट प्रर्दशन गर्दै पहिलो पटक फ्रेन्चाइज लिग खेल्न चाहान्छन् । टोलीमा नयाँ अनुहार कोहि पनि छैनन् । सबैले यसअघि यू१९ बाट प्रतिनिधित्व गरिसकेका छन् ।
टेष्ट राष्ट्रसँग खेल्ने ठूलो अवसर
सिनियर टोलीको मात्रै होइन यू१९ टोलीको पनि यो वर्ष विश्वकप खेल्ने सपना पुरा हुन सकेन । सिनियर टोली खराब प्रर्दशन गर्दै बाहिरिंदा यू१९ ले भने उत्कृष्ट प्रर्दशनका बाबजुद वर्षा वाधक बन्दा विश्वकप खेल्ने सपना अधुरै बन्न पुग्यो ।
गत अप्रिलमा मलेसियामा सम्पन्न आईसीसी एसिया यू१९ विश्वकप छनोटमा सिंगापुर, मलेसिया, ओमान, कुवेतमाथि सहज र फराकिलो जित निकाले पनि वर्षाको कारण यूएईसँग डकवर्थ लेविस पद्दतीको आधारमा १ रनले पराजित भएपछि विश्वकप खेल्न सपना अधुरै बनेको थियो । विश्वकपपछि एसिया कपनै नेपालको लागि टेष्ट राष्ट्रसँग खेल्न पाउने ठूलो प्रतियोगिता र अवसर हो । विश्वकप र एसिया कपमा बाहेक अन्य प्रतियोगितामा नेपालले टेष्ट राष्ट्रसँग विरलै प्रतिस्पर्धा गर्ने गर्दछ ।
एसिया कप : असली अग्नी परिक्षा
नेपाली यू१९ टोलीले पछिल्लो समय निकै व्यस्त छ । तर नेपालले पछिल्लो समय उपल्लो स्तरको टिमसँग भने प्रतिस्पर्धा गरेको छैन । गत अप्रिलमा यूएई, कुवेत, मलेसिया, ओमान र सिंगापुरसँग प्रतिस्पर्धा गरेको थियो । यूएई नेपालको स्तरको टिम मानिंदा अन्य कमजोर मानिन्छन् । त्यस्तै अघिल्लो महिना इस्टर्न रिजनमा चीन, सिंगापुर, मलेसिया र हङकङलाई पराजित गर्दै उपाधि जितेको थियो । चीन भर्खर क्रिकेट सिक्दै गर्दा अन्य तीन टोली पनि नेपाल भन्दा तुलानात्मक रुपले कमजोर मानिन्छन् ।
आफ्नो कमजोरी पत्ता लगाउन आफ्नो भन्दो उपल्लो स्तरको टिमसँग खेल्नुपर्छ । जितमा भन्दा हारमा बढी कमी कमजोरीहरु देखिन्छन् । नेपालले एसियाकप अघि श्रीलंकाका स्थानिय टिमसँग अभ्यास खेल्ने छ । इस्टर्न रिजनमा कुनै पनि विदेशी अभ्यास नखेल्दा विश्वकप छनोटअघि भारतको आन्द्र स्टेटसँग खेलेको थियो । आफूभन्दा कमजोर टिमविरुद्ध रन बनाउनु र उल्पल्लो स्तरको टिमसँग रन बनाउनुको महत्व र दबाब भिन्न रहन्छ । त्यसैले पनि नेपाली खेलाडी र टिमको असली अग्नीपरिक्षा एसिया कप हुने छ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]