default_image

5 years ago

August 27, 2019

आशिफको उत्कृष्ट अर्धशतकमा नेपालको विशाल योगफल

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकीपर आशिफ शेखको उत्कृष्ट अर्ध शतकसँगै नेपाली यू१९ टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको एसएससी यू२३ लाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।

वर्षाको कारण निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला हुँदा ४२ ओभरमा झारिएको खेलमा नेपालले टस हारेर ब्याटिङ थाल्दै ७ विकेटको क्षतिमा २ सय ४० रन बनायो । नेपालका लागि विकेटकीपर आशिफ शेखले सर्वाधिक ८८ रनको महत्वपूर्ण योगदान दिए । आशिफ ४० ओभरको तेस्रो बलमा क्याच आउट हुन पुगेका थिए ।

पहिलो विकेटका लागि पवन सरार्फ र रित गौतमले १३ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । १३ ओभरको पहिलो बलमा एलवी डब्लू आउट हुनुअघि सरार्फले ३० रन जोडे । १६ ओभरको पहिलो बलमा रित गौतम ३१ रनमा स्टम्पिङ आउट हुँदै पेभिलिएन फर्के ।

लोकेश बम १ र कप्तान रोहित कुमार पौडेल ८ रनमा आउट हुँदा धरमराएको नेपाली ब्याटिङलाई सन्दीप जोराले आशिफलाई राम्रो साथ दिदै ३३ रन जोडेपछि नेपालले बलियो योगफल तयार पार्न सफल भएको हो । कुशल मल्ल १० रनमा आउट भए । हरि बहादुर चौहान १८ र भिम सार्की १५ रनमा अविजित रहे ।

February 15, 2025

क्यानद्वारा मुख्य प्रशिक्षकको आवेदन खुला

काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]

February 15, 2025

बाबरले पछि पारे विराटलाई

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान बाबर अजामले भारतिय पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् । बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा रहेका छन् । बाबरले शुक्रवार न्युजिल्याण्डविरूद्धकाे त्रिकाेणात्मक सिरिजकाे फाइनल खेलमा बाबरले ६ हजार रन पूरा गरेका हुन् । उनले १ सय २३ इनिङमा […]

February 15, 2025

पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन

एजेन्सी – घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआई सिरिजको उपाधी जितेको छ । शुक्रवार भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो । न्युजिल्याण्ड अपराजित रुपमा सिरिजको विजेता बनेको हो । सिरिज आगामी बुधवारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो । सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने […]

Success

Thank you for your time.