default_image

9 years ago

June 1, 2016

चितवनमा जारी सेन्ट जेभियर्स कपको उपाधि वाल्मीकिलाई

108 views

0 Bookmark

नेपाली क्रीकेट सप्पोटर्स सोसाईटिको सहयोगमामा मुख्य प्रायोजक स्पोर्ट्स साईन्स एकेडेमीद्वारा आयोजित चितवनमा जारी सेन्ट जेभियर्स कपको उपाधि वाल्मीकिले जित्न सफल भएको छ। 

Balmiki Club Chitwan

आज भएको रोमाञ्चक फाइनलमा डिफेन्डिङ च्याम्पियन सनराइज र वाल्मीकि बिच भिडन्त भएको थियोे। २ हजार भन्दा बडी दर्शकको उपस्थितिमा सनराइजले टस जितेर फिल्डिङ रोजेको थियो।

टस हारेर ब्याटिङमा उत्रेको वाल्मीकिले सुरुमा नै आफ्नो बिकेटहरु गुमाउनुपरेको थियोे। ४० रनमा ५ बिकेट गुमाएको वाल्मीकिका रस्मित थापा र समीर थापाले छैठो बिकेटका लागी ३७ रनको साझेदारी भएपछि केही सम्मान जनक स्कोर तयार गर्न सफल भएको थियोे।  सबै विकेट गुमाएर ९८रन बनाएको बाल्मिकिको लागि रस्मित थापाले १८बल मा २६ र समिर थापाले २७बल मा २६ रन को योगदान दिएका थिए । सनराइजकालागि निसपले ३ तथा सुलभ, सुबर्ण र सन्दिपले दुई-दुई विकेट लिएका थिए ।

निर्धरित २० ओभरको खेल म ९९रन को झिनो लक्ष्य लिएर मैदानमा उत्रीएको सनराईजले सुरुमा केहि राम्रो ब्याटिङ गरेपनी पछी सम्हालिन नसक्दा २ रनले पराजित भयो । सनराईजले ९६रन बनाउदा निसपले २९रनको योगदान दिए । बिजेता टिमको लागि अशिमले ४ र बिश्वासले १ विकेटलिन सफल भएका थिए । प्रथम हुने टोलिले १५हजार र दोस्रो हुने टोलिले १० हजार हसिल गरेका थिए ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.