6 years ago
August 12, 2019
भूपेन्द्र जिसी, काठमाडौं
ग्लोबल टि२० क्यानडामा तीब्र गतिका बलर सोमपाल कामीले पहिलो प्रतियोगितामै विनिपेग हक्सबाट प्रतिनिधित्व गर्दै उपाधि जिते ।
आइतबार सम्पन्न फाइनलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्स च्याम्पियन बन्दा सोमपाल फ्रेन्चाईज लिग जित्ने पहिलो नेपाली खेलाडी बने । सोमपाललाई हक्सले न्युनतम ३ हजार अमेरिकी डलर मुल्यमा अनुबन्ध गरेको थियो । सोमपालको यो पहिलो अन्तर्राष्ट्रिय फे्रन्चाइज लिग समेत हो । तर लेग स्पिनर सन्दीप लामिछानेले पछिल्लो १६ महिना यता लगातार फ्रेन्चाईज लिग खेल्दा टोलीलाई उपाधि दिलाउन सकेका छैनन् ।
सोमपाललाई एक खेलमात्रै मौका
हक्सले सोमपाललाई एडमन्टन रोयल्ससँग मैदान उतारेको थियो । तर सोमपालले आफ्नो डेब्यू खेलमै खराब प्रर्दशन गरेपछि पुन मौका दिएन । सोमपालले उक्त खेलमा २ ओभरमा ३३ रन खर्चिदा ५ बलमा १ रन बटुलेका थिए । डेब्यू प्रर्दशनको कारण टोलीको विश्वास जित्न नसक्दा सोमपालले एक खेल बाहेक अन्य सबैमा बेन्चमा बस्नु पर्यो । तर सोमपाल पहिलो अन्तर्राष्ट्रिय फेन्चाइज लिग जित्ने नेपाली खेलाडी भने बने ।
सन्दीपको निराशजनक प्रर्दशन
आईसीसी टि२० एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गरेका लेग स्पिनर सन्दीप लामिछानेबाट ग्लोबल टि२० क्यानडामा उत्कृष्ट प्रर्दशनको आशा गरिएको थियो । ठूलो आसाका साथ टोरन्टो नेशनलले पनि ड्राफ्टमा ६० हजार अमेरिकी डलर खर्चेको थियो । तर सन्दीपले आशा गरे अनुसार प्रर्दशन गर्न सकेनन् ।
सन्दीपले ४ खेलमा ५ विकेट लिए । सन्दीपले कुल १५ ओभर बलिङ गर्दा १ सय ३१ रन खर्चिए । सन्दीपले पहिलो खेलमै ब्राम्प्टन वल्भ्ससँग ४ ओभरमा ४४ रन खर्चिदा १ विकेट लिएका थिए । सन्दीपले न्युजिल्यान्डका ओपनर समेत रहेका वल्भ्सका कप्तान कोलीन मुनरोलाई आउट गरेका थिए । दोस्रो खेलमा मोन्टरेल टाइगर्ससँग सुधारिएको प्रर्दशन गर्दै ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । सन्दीपले विकेटकीपर म्याथ्युज क्रोसलाई एलवी डब्लू आउट गरे ।
तेस्रो खेलमा पुन टाइगर्ससँग ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । त्यस्तै एलिमिनेटर खेलमा हक्सविरुद्ध सन्दीपले ४ ओभरमा ३४ रन २ विकेट लिएपनि टोरन्टो नेशनल बाहिरिनु पर्यो । जसक्रममा सन्नी सोहेल र उमर अकमलको विकेट लिएका थिए । समग्र सन्दीपको प्रर्दशन हेर्दा आशा गरे भन्दा खराब रह्यो ।
सन्दीप अझै उपाधिविहिन
सन्दीपले गतवर्ष इन्डियन प्रिमियर लिगमा तत्कालिन दिल्ली डेयर डेभिल्स र हाल दिल्ली क्यापिटल्सबाट अन्तर्राष्ट्रिय ब्यवसायिक फ्रेन्चाईज लिगमा पाईला टेकेका थिए । सन्दीप व्यवसायिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी हुन् । झन्डै १६ महिनाको अवधिमा सन्दीपले इंग्ल्यान्डको टि२० ब्लास्टबाहेक अन्य सबै नाम चलेका विश्वका चर्चित ब्यवसायिक प्रतियोगिता खेलेका छन् । तर उपाधि जिताउन भने सकेका छैनन् ।
सन्दीपले डेब्यू गरेको आईपीएलमा दिल्ली समुह चरणबाटै बाहिरियो । सन्दीपले आईपीएलपछि क्यानाडा ग्लोबल टि२०,पाकिस्तान सुपर लिग, बिग ब्यास, टि१० लिग, अफगानिस्तान प्रिमियर लिग, क्वारेवियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग जस्ता प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । जसमध्य ठूलो सफलता बिग ब्यास रहेको छ ।
बिग ब्यासमा सन्दीप सम्मिलित मेलवर्न स्टार्स फाइनलमा पुगेको थियो । तर सन्दीपको सम्मिलित स्टार्स मेलवर्न रेनेगड्सबीरुद्ध फाइनलमा नाटकीय १३ रनको हार बेहोरेपछि उपाधि चुम्न चुकेको थियो । त्यस्तै गत वैशाखमा सम्पन्न आईपीएलमा दिल्ली क्वालिफायरमा पुगेपनि चेन्नई सुपरकिंग्ससँग ६ विकेटले पराजित हुँदै बाहिरिनु पर्यो ।
बिग ब्यासको फाइनल र आईपीएलको क्वालिफायरनै सन्दीपले टोलीलाई दिलाएका ठूला सफलता हुन् । सोमपालले पहिलो प्रतियोगितामै उपाधि जित्दा सन्दीपले भने त्यो सफलताको स्वाद अझै चुम्न पाएका छैनन् ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।