6 years ago
August 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगमी फागुनमा हुने भएको छ । सोमबार आयोजक ईपीएलले एक प्रस विज्ञप्ती जारी गर्दै चौथो संस्करणको ईपीएल आगमी फेबुअरी २९ देखि मार्च १४ सम्म हुने जानकारी दिएको छ ।
नेपाली मितिअनुसार प्रतियोगिता फागुन १७ देखि चैत्र १ गते सम्म हुने छ । जसक्रममा ३ वटा खेल शनिबार पारिएको छ । आयोजकले गत वर्ष मंसिर-पुसमा प्रतियोगिता आयोजना गरेको थियो । गत वर्षको उपाधि ललितपुर प्याट्रियट्सले भैरहवा ग्याडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगितामा ललितपुर प्याट्रियट्र्स,काठमाडौं किंग्स इलाभेन,भैरहवा ग्याडियटर्स,चितवन टाइगर्स,विराटनगर वारियर्स र पोखरा राइनोज गरि ६ शहरका ६ फेन्चाइज टोली रहेका छन् । आयोजकले सहभागी टोलीलाई कम्तिमा एक खेलाडी टेस्ट राष्ट्रबाट हुनैपर्ने नियम राखेको छ । विश्व क्रिकेटका ठूला नाम रहेका ति खेलाडी ‘आइकोनिक खेलाडी’ को रुपमा रहनेछन् ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।