default_image

6 years ago

August 12, 2019

कोहलीको कीर्तिमानी शतकसँगै भारतलाई अग्रता

60 views

0 Bookmark

एजेन्सी – कप्तान विराट कोहलीको कीर्तिमानी शतकसँगै वेस्ट इन्डिजसँगको दोस्रो वान डे खेलमा पाहुना टोली भारत डकवर्थ लेविस पद्धतीको आधारमा ५९ रनले विजयी भएको छ । योसँगै तीन वान डे सिरिजमा भारतले १–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो ।

जितका लागि २ सय ७० रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ४२ ओभरमा अल आउट हुँदै २ सय १० रनमा समेटिएपछि भारत विजयी भएको हो । वेस्ट इन्डिजका लागि ओपनर इभिन लुईसले ८० बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए । त्यस्तै निकोलस पुरनले ५२ बलमा ४ चौका र १ छक्का सहित ४२ रन जोड्दा अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

शिम्रन हिटमायर र रोस्टन चेशले समान १८, जेसन होल्डर १३ र क्रिस गेल ११ रनमा आउट भए । योसँगै गेलले ब्रायन लाराको रेकर्ड तोड्दै वेस्ट इन्डिजबाट सर्वाधिक वान डे खेल खेल्ने र रन बनाउने खेलाडी बनेका छन् । भारतका लागि भुवनेश्वर कुमारले ८ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामी र कुलदीप यादवको नाममा समान २ विकेट रह्यो । खलील अहमद र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७९ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १ सय २५ बलमा १४ चौका र १ छक्का सहित सर्वाधिक १ सय २० रनको योगदान दिए । कोहलीको यो वान डे करिअरको ४२ औं शतक हो । योसँगै कोहली कप्तानको रुपमा एकै टोलीविरुद्ध सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । त्यस्तै कोहलीले सर्वाधिक रन बनाउने सुचिमा सौरभ गांगुलीलाई पनि पछि पारेका छन् । वेस्ट इन्डिजविरुद्ध सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

मध्यक्रममा श्रेयस ऐरले ६८ बलमा ५ चौका र १ छक्का सहित ७१ रन जोड्दै कप्तान कोहलीलाई राम्रो साथ दिए । ओपनर शिखर धवन २ र रोहित शर्मा १८ रनमा आउट भए । ऋषभ पन्त २०,केदार जाधव र रविन्द्र जडेजाले समान १६ रन बटुले । वेस्ट इन्डिजका लागि कार्लोस वर्थवेटले १० ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए । रोस्टन चेश र शिल्डन कर्टेलको नाममा समान १ विकेट रह्यो । तेस्रो तथा अन्तिम खेल आगमी बुधबार हुने छ ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.